कांग्रेसको चियापानमा नेकपा नेताको सम्बोधन : कसले के भने ?

कांग्रेसको चियापानमा नेकपा नेताको सम्बोधन : कसले के भने ?

काठमाडौं : आइतबार नेपाली कांग्रेसले पार्टी केन्द्रीय कार्यालय सानेपामा चियापान समारोह गरेको छ। चियापानमा नेकपा शीर्ष नेताले सम्बोधन गरेका छन्। चियापानमा प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठलगायतले सम्बोधन गरे। 

४५ वर्षदेखि देउवासँग मित्रता 
चियापान समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले ४५ वर्षदेखि शेरबहादुर देउवाजीसँग मेरो मित्रता रहेको सम्झना गरे। ‘४५ वर्षदेखि शेरबहादुर देउवाजीसँग मेरो मित्रता छ।  हामी सँगै जेल बस्यौं’, ओलीले भने, ‘लोकतन्त्रका लागि सँगै लड्यौं।’ 

ओलीले रामचन्द्र पौडेल, रामशरण महतलगायत नेतासँगको सम्बन्ध पनि पुरानो भएको बताए। ‘रामचन्द्र जी, रामशरण महतजीसँग पनि उहिलेदेखिकै सम्बन्ध हो’, उनले भने, ‘हामीसंगै जेलदेखि आन्दोलनमा लडेका छौं।’ उनले लोकतन्त्रका लागि सबै लड्ने र यसलाई तलमाथि हुन नदिन सबै प्रतिवद्ध रहनुपर्ने बताए। उनले चियापान कार्यक्रमलाई निरन्तरता दिनु आवश्यक भएकोमा जोड दिए। ‘चियापानजस्ता कार्यक्रमको निरन्तरता आवश्यक छ’, उनले थपे, ‘कांग्रेसले जे गरेकोछ, राम्रो गरेको छ। कांग्रेसका सबै मित्रहरुलाई जय नेपाल।’ 

सहमतिमा अघि बढौँ : प्रचण्ड 
चियापान समारोहमा पुगेका नेकपा अध्यक्ष प्रचण्डले सहमति र सहकार्यमा जोड दिए। ‘कांग्रेसले राम्रो कार्यको निरन्तरता दिँदै आएको छ । चियापान कार्यक्रम अहिले राष्ट्रिय सांस्कृतिक कार्यक्रम बनिसकेको छ’, उनले भने, ‘कांग्रेसबाटसिक्दै अहिले सबै राजनीतिक दलहरुले चियापान कार्यक्रम आयोजना गर्दै आएका छन्।’ 

उनले चियापान व्यवस्थित बनाएकोमा धन्यवाद दिए। ‘चियपान कार्यक्रम अझ व्यवस्थित र अनुशासित रुपमा आयोजना भएको छ। यसका लागि धन्यवाद दिन चाहन्छु’, उनले थपे, ‘नेपालको राजनीतिमा सहमतिमा सबै विषयको समाधन हुँदै आएको छ। हेर्दै जाऔं, आगामी दिनमा कसरी राजनीतिले कोल्टे फेर्छ।’ 

उनले चियापानमा पुग्दा सहयात्री दलकै आँगनमा आएको अनुभूति हुने उल्लेख गरे। ‘कांग्रेसको चियापानमा आउँदा सहयात्री दलकै आँगनमा आएजस्तो लाग्छ’, उनले थपे, ‘आगामी दिन सहमतिकै रुपमा अगाडि बढाउनेछौं। अहिले दुई तिहाईको कुरा नगरौं।’  

त्यसैगरी चियापानमा सम्बोधन गर्दै नेकपा वरिष्ठ नेता खनालले चिनियाँ राष्ट्रपतिको भ्रमण ऐतिहासिक भएको उल्लेख गरे। ‘नेपालका लागि यो ऐतिहासिक भ्रमण भएको छ। २३ वर्षपछि चीनका राष्ट्रपतिको भ्रमण भएको छ’, उनले भने, ‘यो महत्वपूर्ण भ्रमणका रुपमा अंकित भएको छ। नेपाल चीन सम्बन्ध थप उचाइमा पुगेको छ।’ 

अर्का वरिष्ठ नेता नेपालले कांग्रेस चियापान व्यवस्थापनको प्रशंसा गरे। उनले राम्रो कुरा जोबाट सिके पनि हुने उल्लेख गरे। ‘विगतमा कांग्रेसको चियापान कार्यक्रम अव्यवस्थित हुन्छ भनेर चर्चा हुने गरेको थियो। तर अहिले एकदमै राम्रो व्यवस्थापन भएको पाइयो’, उनले भने, ‘व्यवस्थापनको कुरा कम्यूनिस्टबाट सिक्नुपर्छ भनिन्थ्यो। राम्रा कुरा जोबाट सिके पनि हुन्छ।’ 

सँगै नेकपा प्रवक्ता श्रेष्ठले चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण ऐतिहासिक भएको उल्लेख गरे। ‘नेपाल–नेपालबीच र जनता जनताबीच आपसी सम्बन्ध विस्तार गर्न यो भ्रमण सफल भएको छ’, उनले भने, ‘दुई मुलुकबीच आपसी सम्बन्ध विस्तार र विश्वास बढाउने काम भएको छ भने आर्थिक साझेदारी वृद्धि गर्न पनि राष्ट्रपति सीको भ्रमण सफल भएको छ।’उनले  चीनको विकास र समृद्धिबाट नेपालले अधिकतम लाभ लिने वातावरण बनेको विश्वास व्यक्त गरे। 

त्यसैगरी कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले चिनियाँ राष्ट्रपतिको भ्रमण महत्वपूर्ण भएको उल्लेख गरे। 
 
‘चिनियाँ राष्ट्रपतिको दुई दिनको नेपालको राजकीय भ्रमण अत्यन्त महत्वपूर्ण रहयो’, उनले भने, ‘यसका लागि दुबै सरकारलाई म बधाई दिन चाहन्छु।’  


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.