इटाली युरो कपमा

इटाली युरो कपमा

रोम : इटाली सन् २०२० मा आयोजना हुने युरो कप फुटबलमा छनोट भएको छ। शनिबार राति भएको समूह ‘जे’ को खेलमा ग्रिसलाई २-० गोलले हराउँदै इटालीले छनोट चरण पार गरेको हो। इटाली युरो कपमा छनोट हुने दोस्रो टोली पनि बनेको छ। यसअघि बेल्जियमले छनोट चरण पार गरिसकेको छ।

घरेलु मैदानमा इटालीलाई जिताउन जर्जिन्होले ६३औं मिनेटमा पेनाल्टी गोलमार्फत खाता खोलेका थिए। फेडरिको बर्नाडेस्कीले ७८औं मिनेटमा गोल गर्दै इटालीलाई सहज जित दिलाए। यस जितसँगै सात खेलमा अपराजित इटालीले २१ अंक बनाएको छ। इटाली समूहको शीर्ष स्थानमा छ। समान खेलबाट पाँच अंक बनाएको ग्रिस पाँचौं स्थानमा छ। यही समूहको अर्को खेलमा बोस्निया एन्ड हर्जगोभिनाले फिनल्यान्डलाई ४-१ गोलले हरायो। अर्को खेलमा लिचेस्टेन्सटेन र अर्मेनियाले १-१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन्। समूहमा १२ अंक बनाएको फिनल्यान्ड दोस्रो स्थानमा छ। समान १० अंक बनाएको अर्मेनिया तेस्रो र १० नै अंक बनाएको बोस्निया चौथो स्थानमा छ। दुई अंक बनाएको लिचेस्टेन्सटेन अन्तिममा छ।

यसैगरी समूह ‘एफ’ बाट स्पेनले पनि युरो कपमा छनोट हुने बलियो आधार तय गरेको छ। शनिबार राति भएको खेलमा स्पेन र नर्वेले १-१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन्। पाहुना टोली स्पेनले सुरुआती अग्रता लिएर पनि बराबरीमा चित्त बुझाएको थियो। स्पेनका लागि सउल निग्विजले ४७औं मिनेटमा गोल गरेका थिए। त्यसपछि नर्वेले खेलको अन्तिम समयमा पेनाल्टीमार्फत बराबरी गोल फर्काएको थियो। नर्वेका जोसुवा किङले बराबरी गोल गरेका थिए।

यस खेलसँगै स्पेनका कप्तान सर्जियो रामोसले नयाँ कीर्तमान पनि रचेका छन्। उनी स्पेनका लागि सर्वाधिक एक सय ६८ खेल खेल्ने खेलाडी बनेका छन्। यसअघि उक्त कीर्तिमान इकर कासिलासको नाममा थियो। सन् २००५ मा सिनियर टोलीमा डेब्यु गरेका रामोसले स्पेनलाई विश्वकप र दुईवटा युरो कप उपाधिसमेत दिलाइसकेका छन्।

यस बराबरीसँगै समूहको शीर्ष स्थानमा रहेको स्पेनले सात खेलबाट १९ अंक बनाएको छ। १० अंक बनाएको नर्वे चौथो स्थानमा छ। यही समूहको अर्को खेलमा स्विडेनले माल्टालाई उसैको मैदानमा ४-० गोलले हरायो। रोमानियाले फारोय आइसल्यान्डलाई ३-० गोलले पराजित गर्‍यो। जितसँगै दोस्रो स्थानमा रहेको स्विडेनको १४ अंक छ। तेस्रो स्थानमा रहेको रोमानियाको १३ अंक छ। तीन अंक बनाएको माल्टा पाँचौं स्थानमा छ। अंकविहीन फारोय आइसल्यान्ड अन्तिममा छ।

छनोटअन्तर्गत समूह ‘डी’ को अर्को खेलमा डेनमार्कले स्विट्जरल्यान्डलाई १-० गोलले हराएको छ। डेनमार्कको कठिन जितमा युसुफ पउलसेनले ८५औं मिनेटमा निर्णायक गोल गरेका थिए। अर्को खेलमा जर्जिया र आयरल्यान्डले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन्। समूह ‘डी’ मा ६ खेलबाट १२ अंक बनाएको आयरल्यान्ड शीर्ष स्थानमा छ। समान १२ अंक बनाएको डेनमार्क दोस्रो स्थानमा छ। आठ अंक बनाएको स्विट्जरल्यान्ड तेस्रो र पाँच अंक बनाएको जर्जिया चौथो स्थानमा छ। अंकविहीन गिबरलटार अन्तिममा छ। ०००

युरो कपमा छनोट भएपछि खुसी मनाउँदै इटालीका खेलाडी। एपी÷रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.