भारतलाई टेस्ट शृंखला

भारतलाई टेस्ट शृंखला

पुने : पाहुना टोली दक्षिण अफ्रिकाविरुद्धको तीन टेस्टको शृंखला भारतले जित्ने पक्का भएको छ। तीन टेस्टको शृंखलामा भारत २-० ले अघि रहेकाले उसले शृंखला जित्ने पक्का भएको हो। दक्षिण अफ्रिकाविरुद्धको दोस्रो टेस्टमा घरेलु टोली भारत एक पाली र एक सय ३८ रनले विजयी भयो। दोस्रो टेस्टको चौथो दिन फलोअनमा परेको दक्षिण अफ्रिका दोस्रो पालीमा एक सय ८९ रनमा अल आउट भएपछि भारतले लगातार दोस्रो जित निकालेको हो। भारतको जितमा उमेश यादव र रवीन्द्र जडेजाले समान तीन÷तीन विकेट लिए।

यसैगरी रविचन्द्रन अश्विनले दुई विकेट लिँदा इशान्त शर्मा र मोहमद सामीले एक÷एक विकेट हात पारे। दक्षिण अफ्रिकाका ब्याट्सम्यान डिन एल्गरले दोस्रो पालीमा सर्वाधिक ४८ रन बनाए। टेम्बा बाभुमाले ३८ र भरनोन फिलान्दरले ३७ र केशव महाराजले २२ रन बनाए।

यसअघि दक्षिण अफ्रिका आफ्नो पहिलो पालीमा दुई सय ७५ रनमा खुम्चिएपछि भारतले फलोअन दिएको थियो। भारतले टस जितेर पहिले ब्याटिङ गर्दै आफ्नो पहिलो पालीमा पाँच विकेट गुमाएर ६ सय एक रनको विशाल योगफल खडा गरेको थियो। भारतका लागि कप्तान विराट कोहलीले दोहोरो शतक पूरा गरेका थिए। उनले अविजित दुई सय ५४ रन बनाएका थिए। यसैगरी ओपनर मायांक अग्रवालले एक सय आठ र रवीन्द्र जदेजाले ९१ रन बनाएका थिए। ०००


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.