फरार अभियुक्त दुई वर्षपछि पक्राउ
रुकुम : जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले एक फरार अभियुक्तलाई साढे दुई वर्षपछि पक्राउ गरेको छ । व्यक्ति हत्या मुद्दामा दोसी देखिएका जिल्लाको पुथा उत्तरगंगा गाउँपालिका-६ डिम्मुरगैराका ३३ वर्षीय गौप्रसाद कामीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी निरीक्षक वीरबहादुर सुनारले जानकारी दिए ।
उनले २०७४ साल असार १८ गते रुकुम पश्चिमको सानीभेरी गाउँपालिका-१ चाइनबगरमा एक व्यक्तिको हत्या गरेर फरार भएका थिए । कामीलाई दुई वर्ष तीन महिनापछि पक्राउ गरिएको प्रहरी निरीक्षक सुनारले बताए । पक्राउ परेका व्यक्तिलाई जिल्ला अदालतमा उपस्थिति गराएर आवश्यक अनुसन्धानका लागि प्रहरी हिरातमा राखिने छ।