सिरियामा ८५९ विद्रोही लडाकु जेलबाट भागे
सिरिया : सयौंको संख्यामा बन्दी बनाइएका शंकास्पद आईएसआईएल विद्रोही लडाकु भागेका छन् ।
सिरियाको उत्तरपूर्वी क्षेत्रमा रहेको क्याम्पबाट उनीहरु भागेको स्थानीय अधिकारीहरुले बताएका हुन् । टर्कीले कुर्दिस नियन्त्रित क्षेत्रमा आफ्नो सेना सक्रिय बनाएपछि उनीहरु भागेका हुन् ।
क्याम्पका वरिष्ठ अधिकारी जेलल अयाफले स्थानीय मिडियालाई जनाए अनुसार ८ सय ५९ जना आईएसआईएल शंकास्पद लडाकु भागेका हुन् ।