अरिङ्गालले टोकेर एकको मृत्यु
दाङ : दाङमा अरिङ्गालले टोकेर एक जनाको ज्यान गएको छ। बन अरिङ्गालले टोकेर दाङको राप्ती गाउँपालिका वडा नं ९ जाबुनेका ४० वर्षीय घनश्याम बरालको मृत्यु भएको दाङ प्रहरीले जनाएको छ।
बनमा घाँस काट्ने क्रममा अरिङ्गालको टोकाइबाट घाइते भएका बरालको उपचारको क्रममा चितवन पुरानो मेडिकल कलेजमा मृत्यु भएको राप्ती गाउँपालिका वडा नं ९ का वडा अध्यक्ष रिमबहादुर सुनारीले जानकारी दिए।