एक तोला सुनका लागि महिलाको हत्या

एक तोला सुनका लागि महिलाको हत्या

बुटवल : एक तोला सुनको लोभमा महिलाको हत्या भएको छ। बुटवल उपमहानगरपालिका–३ ज्योतिनगर बस्ने ६६ वर्षिया टिकीसरा गुरुङको हत्या भएको हो।

हत्यामा संलग्नलाई प्रहरीले पक्राउ गरेको छ। ज्योतिनगरस्थित लक्ष्मीनगर सामुदायिक वनमा बाख्रा चराउन गएकी गुरुङको असोज १७ गते हत्या भएको थियो। घटनामा संलग्न मकवानपुर हेटौडा—६ बस्ने ४२ वर्षे राम लामा पक्राउ परेका छन्। 

लामालाई असोज २५ नुवाकोट बेलकोटगढी नगरपालिका ५ कोल्पुलटारबाट नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ। इलाका प्रहरी कार्यालयका प्रमुख भीमलाल भट्टराईका अनुसार लामाले बुटवलमा बसेर मजदुरी गर्दै आएका थिए। दैनिकजसो बाख्रा चराउन जाने गुरुङको पिछा गरेर विभत्स हत्या गरेको उनले बताए। 

हत्यापछि उनले कानमा लगाएका गहना लुटेका थिए। त्यो गहना बुटवलकै सुनपसलमा जमानी राखी पैसा लिएको प्रहरीले जनाएको छ। प्रहरीले कर्तव्य ज्यान तथा डाकाचोरी मुद्धामा अनुसन्धान गरिरहेको छ।

त्यस्तै प्रहरीले दशैको समयमा झण्डै २ लाख सहित चार जुवाखालबाट ३१ जनालाई पक्राउ गरेको छ। देवदहको भवानीपुरबाट १८ हजार, बुटवलको दीपनगरबाट २० हजार, देविनगरबाट ६४ हजार र पुरानो बसपार्कबाट ९१ हजार सहित जुवा खेलिरहेकालाई पक्राउ गरेको हो। जुवाडे विरुद्ध जिल्ला प्रशासनमा मुद्धा दायर भइसकेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.