महरालाई अदालत लगियो

महरालाई अदालत लगियो

काठमाडौं : बलात्कार प्रयासको आरोपमा प्रहरी हिरासतमा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको छ।

प्रहरीले घटनाबारे थप अनुसन्धानका लागि म्याद थप्‍न महरालाई अदालतमा उपस्थित गराएको हो। स्वास्थ्यमा समस्या देखिएपछि उनलाई नर्भिक अस्पतालमा भर्ना गरिएको छ। मंगलबार महरालाई अस्पतालबाटै अदालत लगिएको हो।

संसद सचिवालयका महिला कर्मचारीमाथि बलात्कारको प्रयास गरेको आरोपमा महरालाई असोज १९ गते सभामुख निवासबाटै प्रहरीले पक्राउ गरी महानगरीय प्रहरी वृत्त सिंहदरबारमा राखेको छ।

न्यायाधीश दीपककुमार दाहालको एकल इजालसमा बहस भइरहेको छ। म्याद थप्‍ने वा नथप्‍ने भन्ने विषयमा २६ नम्बर इजालसमा बहस भइरहेको हो। 


 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.