एनआरएनए सम्मेलन : अमेरिकाबाट मात्रै आधा दर्जन उम्मेदवार

एनआरएनए सम्मेलन : अमेरिकाबाट मात्रै आधा दर्जन उम्मेदवार

अमेरिका : गैरआवासीय नेपाली संघ (एनआरएनए) को ९ औं महाधिवेशनमा अमेरिकाबाट आधा दर्जन बढीले उम्मेदवारी दावी गरेका छन् ।अन्तर्राष्ट्रिय समन्वय परिषद्को चुनावका लागि अमेरिकाबाट पदाधिकारीसहित सदस्यमा उम्मेदवारीको घोषणा गरेका छन्।

अक्टोबर १५ देखि १७ तारिखसम्म काठमाडौंमा हुन गइरहेको एनआरएनएको ९ औं महाधिवेशन तथा विश्व सम्मेलनले नयाँ नेतृत्व समेत चयन गर्दैछ । अमेरिकाबाट यसअघि महासचिव पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका डा. केशव पौडेल र सोनाम लामाले उपाध्यक्ष पदमा उम्मेदवारी दिनेछन्। 

अमेरिकाको राष्ट्रिय समितिको दुई कार्यकाल अध्यक्ष भएका डा. पौडेल प्रजातान्त्रिक समुहको नेतृत्व गरेका कुल आचार्यको टिमबाट उपाध्यक्षका उम्मेदवार हुन् ।  राष्ट्रिय समिति अमेरिकामा समेत भूमिका खेलेका लामा अमेरिकाज क्षेत्रको संयोजक र उपसंयोजक समेत भएर काम गरिसकेका उपाध्यक्षका आकांक्षी हुन्।

यसैगरी अमेरिकाबाट रबिना थापाले समेत उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेकी छन् । थापाले अमेरिकाको केन्द्रिय समितिमा रहेर काम गरिसकेकी छन् ।यस्तै संघको सचिव पदमा अमेरिकाज क्षेत्रीय संयोजक गौरी जोशीले उम्मेदावरी दिँदै छन्। 

सचिव पदका आकांक्षी जोशी सामाजिक कार्यमा समेत सक्रिय छन्। अध्यक्ष भवन भट्टको आग्रहमा एक करोड सहयोग गरेका जोशी संघको भावी नेतृत्वको एक दावेदार उम्मेदवार मानिन्छन् । यस्तै संघको सहकोषाध्यक्षमा एसी शेर्पाले उम्मेदवारी दिने जनाएका छन् ।

यसैगरी वर्तमान राष्ट्रिय समिति उपाध्यक्ष उमाथापाकार्कीले अमेरिकाज क्षेत्र महिला संयोजकमाउम्मेदवारी दिने बताइएको छ । अमेरिकाज क्षेत्रीय संयोजक मानवीन शेरचन र डाक्टर बिनोद साहले उम्मेदवारका रुपमा आफूलाई उभ्याएका छन् ।

शेरचन हाल अमेरिकाज क्षेत्र उपसंयोजक हुन् भने वर्तमान कार्यसमिति सल्लाहकार साहसँग आइसीसीबोर्ड सदस्य भएर काम गरेको अनुभव छ । यस्तै बेद बस्नेत र रामसि पोखरेलले अमेरिकाज क्षेत्र उपसंयोजकमा उम्मेदावरी दिएका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.