पत्रकार बोहराको उपचारमा सहयोग गर्न महासंघको अपिल
काठमाडौं : मस्तिष्क घात भई अस्पताल भर्ना भएका नेपाल पत्रकार महासंघ हुम्ला शाखाका अध्यक्ष अर्जुन बोहराको उपचारमा सहयोग गर्न महासंघले अपिल गरेको छ।
बोहरा काठमाडौंको बाँसवारीस्थित न्यूरो अस्पतालको आइसीसीयूमा उपचाररत छन्। बोल्न र हिँडडुल गर्न नसक्ने अवस्था भएपछि बेहोस अवस्थामै बोहरालाई उपचारका लागि काठमाडौं ल्याइएको हो।
'दुर्गम जिल्लाबाट पत्रकारिता गरिरहेका अध्यक्ष बोहराको पारिवारिक आर्थिक अवस्था कमजोर हुँदा उपचारका लागि आर्थिक समस्या परेको छ। उहाँको उपचारमा सहयोगी हातहरूको खाँचो रहेको छ', महासंघका महासचिव रमेश विष्टद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
सहयोग गर्न इच्छुकले बोहराका दाजु विष्णु बोहराको नाममा राष्ट्रिय वाणिज्य बैंक सिमकोट शाखामा रहेको खाता नम्बर ४१९०००४९२७१० मा सहयोग रकम जम्मा गरिदिन महासंघले आग्रह गरेको छ।