कोरियाली अभिनेत्री सुलीआफ्नै घरमा मृत भेटिइन्
सोल : दक्षिण कोरियाली पपस्टार तथा अभिनेत्री सुली आफ्नै निवासमा मृत भेटिएकी छन् ।
२५ वर्षीया सुलीलाई प्रहरीले मृत अवस्थामा फेला पारेको जनाएको छ । स्योङनामस्थित सुलीकै निवासमा उनका म्यानेजर पुग्दा उनलाई मृत अवस्थामा भेटिएको हो ।
प्रहरीले भने घटनास्थलमा कुनै ‘सुसाइड नोट’ वा आत्महत्याका कुनै प्रमाण नभेटेको बताएको छ ।
साथै अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । सुलीको वास्तविक नाम चोरी जिन री हो । २००९ देखि गायन तथा अभिनयमा सक्रिय सुली ‘एफ एक्स ब्यान्ड’मा आवद्ध थिइन् । उनले केही फिल्म साथै टेलिभिजन नाटकमा समेत अभिनय गरिसकेकी छिन् ।