अदालतको आदेश : महरा अझै तीन दिन थुनामा

अदालतको आदेश : महरा अझै तीन दिन थुनामा

काठमाडौं : जिल्ला अदालत काठमाडौंले निवर्तमान सभामुख कृष्णबहादुर महरालाई पक्राउ भएको मितिले १३ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। न्यायाधीश दीपककुमार दाहालको इजलासले महरालाई पक्राउ परेको मितिले १३ दिन थुनामा राखी अनुसन्धान गर्न प्रहरीलाई आदेश दिएको हो।

असोज १९ गते पक्राउ परेका महरा अदालतको आदेशअनुसार अब तीन दिन प्रहरी हिरासतमा बस्नुपर्नेछ। 

महरा असोज १९ गते बालुवाटारस्थित सभामुख निवासबाटै पक्राउ परेका थिए। जिल्ला अदालत काठमाडौंले पक्राउ पुर्जीको अनुमति दिएपछि उनलाई हिरासतमा लिइएको थियो। उनलाई महानगरीय प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ।

अब तीन दिन (पहिलेकोसहित १३ दिन) को म्याद सकिएपछि प्रहरीले पुनः म्याद थपका लागि अदालतमा पेश गर्न सक्नेछ। दोस्रो, अनुसन्धान सकेर प्रहरीले आफ्नो प्रतिवेदन सरकारी वकिललाई बुझाउन सक्नेछ। तेस्रो, सरकारी वकिलले महराविरुद्ध अभियोगपत्र दायर गर्न सक्नेछ।

महरामाथि के हो आरोप ?

महराविरुद्ध संसद् सचिवालयमा कार्यरत एक महिला कर्मचारीले आफूलाई बलात्कार प्रयास गरेको आरोप लगाएकी छन्। महरासँग पारिवारिक सम्बन्धमा रहेकी ती महिलाले असोज १८ गते शनिबार महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरमा किटानी जाहेरी दिएकी हुन्।

असोज १२ गते राति आफ्नो कोठामा आएका महराले बलात्कार प्रयास गरेको आरोप लगाएकी छन्।  

यसअघि दुईवटा भिडियो अन्तर्वार्तामा उनले परस्पर विरोधी कुरा गरेकी थिइन्। पहिलो भिडियोमा उनले आफूलाई महराले बलात्कार गरेको दाबी गरेकी थिइन्। र, दोस्रो भिडियोमा महरा 'बाबुसमान रहेको' भन्दै महरामाथि लागेका सबै आरोपलाई 'षड्यन्त्र' भनेकी थिइन्।

ती महिलाले नागरिकखबरबाट आफ्नो परिचयसहित परस्पर विरोधी बयान दिएपछि पहिलो भिडियो अन्तर्वार्ता सार्वजनिक गर्ने हाम्राकुरा अनलाइनले पहिले खिचिएको भिडियो सार्वजनिक गरेको थियो।

तेस्रो भिडियोमा महरा र आफूबीच भएका च्याट, म्यासेजहरूलाई उनले आफूमाथि दुर्व्यवहार भएको पुष्टि गर्ने प्रमाणका रुपमा देखाएकी छन्।

हाम्राकुराले गरेको भिडियो अन्तर्वार्तामा ती महिलाले आफू बलात्कृत भएको भन्दै प्रहरीलाई १०० मा फोन गरी जानकारी गराएपछि महरा आफ्नो कोठाबाट बाहिरिएको बताएकी छन्।

ती महिलाले कोठा, फुटेको भनिएको चस्मा, मदिराको बोत्तल र ग्लास तथा जुत्ताको तलुवा लगायतका प्रमाण प्रहरीलाई देखाएको पहिलो भिडियोमा बताएकी थिइन्।

कसूर प्रमाणित भए ?

प्राप्त प्रमाणहरूका आधारमा दोषी ठहर भएमा महराले कैद सजाय भोग्नुपर्नेछ। जवर्जस्ती करणी गर्ने व्यक्तिलाई करणी गर्दाको परिस्थिति र महिलाको उमेर हेरी कैद हुने व्यवस्था छ। मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ मा १८ वर्ष वा १८ वर्षभन्दा बढी उमेरकी महिला भए सात वर्षदेखि १० वर्षसम्म कैद हुने व्यवस्था छ। पढ्नुस् : निवर्तमान सभामुख महरा पक्राउ, कसूर प्रमाणित भए के हुन्छ सजाय ?

एउटा भिडियोमा महराले आफ्नो कोठामा आई बलात्कार गरेको र अर्को भिडियोमा कोठामा आउँदै नआएको बताएकी ती महिलाले उजुरी दिँदा भने 'बलात्कार प्रयास गरेको' भनेकी छन्।

अपराध शास्त्रमा यसलाई अपूर्ण अपराध (inchoate offence) भनिन्छ। यो भनेको 'अपराध पूरा नभएको तर प्रयास गरेको' अवस्था हो।  दफा ३४ मा यस्तो अवस्थामा आधा सजाय हुने व्यवस्था छ। 

बलात्कार कसूरमा ७ देखि १० वर्ष सजाय भएमा प्रयास गरेको अवस्था पुष्टि भएमा साढे ३ देखि ५ वर्ष सजाय हुन सक्छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.