सभामुख महरामाथि बलात्कार आरोप, महरा भन्छन्- 'भनेको नमान्दा निराधार अभियोग'

सभामुख महरामाथि बलात्कार आरोप, महरा भन्छन्- 'भनेको नमान्दा निराधार अभियोग'

काठमाडौं : सभामुख कृष्णबहादुर महरामाथि एक महिलाले गम्भीर आरोप लगाएकी छन्। संघीय संसद् सचिवालयमा कार्यरत ती महिलाले सभामुख महराले आफूलाई बलात्‍कार गरेको आरोप लगाएकी छन्।

तर सभामुख महराले भने आरोप अस्वीकार गरेका छन्। कर्मचारी समायोजनका क्रममा अन्यत्र सरुवा भएकी महिलाले भनेअनुसार आफूले नगरिदिएपछि निराधार आरोप लगाएको महराको दाबी छ।

'संसद् सचिवालयमा स्वास्थ्यको दरबन्दी छैन। दरबन्दी बनाइदिनुपर्‍यो भन्नुभएको थियो, मैले गर्न मिल्ने कुरै होइन', महराले अन्नपूर्णसँग भने, 'भनेको नमानेपछि ममाथि निराधार आरोप लगाउनुभयो।' आफ्नो सचिवालयका तर्फबाट औपचारिक विज्ञप्ति आउन लागेको भन्दै महराले त्यसलाई पर्खिन भने।

संघीय संसद्मै कार्यरत एक महिलाले सभामुख महरा आफ्नो डेरामा आएर आफूमाथि जबर्जस्ती गरेको आरोप लगाएको समाचार हाम्राकुरा अनलाइनले प्रकाशित गरेको छ। समाचारको दाबीअनुसार महरा आइतबार राति ती महिलाको डेरामा पुगेका थिए। मदिरा पिएर त्यहाँ पुगेका महराले आफूलाई पनि मदिरा पिउन दबाब दिएको र रक्सी पिएपछि जबर्जस्ती गरेको ती महिलाको दाबी छ।

तर यो समाचार तयार पार्दासम्म ती महिलाले प्रहरीमा उजुरी भने दर्ता गरेकी छैनन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.