प्यूठानमा भीरबाट लडेर एकको मृत्यु, करेन्ट लागेर युवा गम्भीर
प्यूठान : दुई छुट्टाछुट्टै घटनामा एकजनाको मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छ्न्। नौबहिनी गाउँपालिका-६ लुङलेखका ५१ वर्षीय मतबहादुर केसीको भीरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
गुल्मीबाट घर फर्किँदै गर्दा लुङलेखस्थित गोरेटोबाटोबाट १५० मिटर तल घोप्टे भीरमा लडेर बिहीबार साँझ उनको ज्यान गएको हो ।
त्यस्तै ऐरावती गाउँपालिका-४ कैरनमा करेन्ट लागेर एकजना युवा घाइते भएका छ्न् । रैनादेवी छहरा पाल्पाका १८ वर्षीय सुधन राना घाइते भएका हुन् । ट्रकको छतमा रसि खोल्ने क्रममा विद्युतको तार छुँदा घाइते भएका हुन्।
गम्भीर अवस्थामा घाइते भएका उनको निमतारा पोलिक्लिनिकमा उपचार पछि थप उपचारका लागि पाल्पा रिफर गरिएको छ ।
प्रतिक्रिया दिनुहोस !