प्रदेशसभाबाटै बजेट पास गर्छौं : अर्थमन्त्री भट्टराई

प्रदेशसभाबाटै बजेट पास गर्छौं : अर्थमन्त्री भट्टराई
सुन्नुहोस्

जनकपुरधाम : मधेश प्रदेसशभा निरन्तर अवरोधका कारण मधेश सरकारको बजेट छलफलमा प्रवेश गर्न सकेको छैन। जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी र राप्रपा नेपालको निरन्तर अवरोधले बजेट सत्रमा प्रवेश नपाउँदा छलफल हुन नसकेको हो। तर असार मसान्तसम्म बजेट पास गर्नै पर्ने बाध्यकारी नियमले बजेट छलफलका लागि प्रदेशसभा बैठक बोलाइएको छ।

मधेश सरकारका अर्थमन्त्री युवराज भट्टराई (समिर) प्रतिपक्षी दलहरूसँग निरन्तर छलफलमा रहेको बताएका छन्। उनले भने, ‘विपक्षी दललाई धेरै पटक सहमतिमा ल्याउने प्रयास गरियो तर भएन। त्यसैले हाउस अब अनिर्णयको बन्दी बनाउनु भएन। त्यसैले सरकार पक्षले हाउस निरन्तर चलाउन आग्रह अनुसार आइतबारदेखि निरन्तर प्रदेशसभा सुचारु हुनेछ।’

‘आर्थिक वर्ष २०८३/०८४ को बजेट सर्वसम्मतले की बहुमतले पास गर्ने कुरा मात्र हो’, अर्थमन्त्री भट्टराईले भने, ‘सरकारसँग बहुमत छ, त्यसैले बजेट कसरी फेल गराउने ? सम्भव नै छैन। बजेट हामीले सकभर सर्वसम्मत पास गरौं भन्ने मनसाय हो। म बजेटभित्र उठ्ने प्रश्नको जवाफ दिन पनि तयार छु। तर बोल्दै दिइएको छैन।’

उनले भने, ‘बजेटभित्र छलफल प्रवेश नै गरेको छैन। म जवाफ दिन उठ्छु, बोल्न दिँदैनन्। जनप्रतिनिधि र स्थानीय तहहरूले कस्ता–कस्ता, योजना मागे त्यो म देखाउन तयार छु। यो प्रोजेक्ट बैंकबाट तयार भएको सिस्टमेटिक योजनामा अलिअलि प्राविधिक त्रुटि भएको छ। तर बजेट बाहिरको कुरा ल्याएर प्रदेशसभा बन्धक बनाइनु उचित होइन।’ 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.