बझाङमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, १२ जना घाइते
काठमाडौं : बझाङको केदारस्यु गाउँपालिका-७ सुगरेस्थित दुर्गाथली गाउँपालिका र केदारस्यु गाउँपालिकाको सीमाक्षेत्रको भित्री सडक खण्डमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ। १२ जना घाइते भएका छन्।
दुर्घटनामा दुर्गाथली गाउँपालिका-६ का चक्रबहादुर महत, केदारस्यु गाउँपालिका-७ की बिमला महत धामी र दुर्गाथली गाउँपालिका-६ की कुटुरीदेवी महतको मृत्यु भएको छ।
गम्भीर घाइते हुनेहरूमा दुर्गाथली गाउँपालिका-६ का पूर्व वडा सदस्य रामबहादुर महत, हासुलीदेवी महत, झल्कादेवी महत, हर्कादेवी महत, जौमतीदेवी महत, शिक्षक रामबहादुर महत, शिक्षक देवबहादुर जाग्री तथा केदारस्यु गाउँपालिका-७ का जिप चालक देवबहादुर धामी रहेका छन्।
यस्तै, दुर्गाथली गाउँपालिका ६ का धनेसेर जाग्री, रमेश धामी, नवराज धामी र बिरु जाग्री सामान्य घाइते भएका छन्।
दुर्घटनाको सूचना प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा खटिई घाइतेहरूको उद्धार गरी उपचारको लागि अस्पताल पठाई रहेको र दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ।
प्रतिक्रिया दिनुहोस !