सरकारी विज्ञापनसम्बन्धी निर्णय सच्याउन माग गर्दै महासंघको प्रदर्शन

सरकारी विज्ञापनसम्बन्धी निर्णय सच्याउन माग गर्दै महासंघको प्रदर्शन
सुन्नुहोस्

काठमाडौं : सरकारी सञ्चारमाध्यममा मात्र सरकारी सूचना प्रकाशन र प्रसारण गर्ने निर्णय सच्याउनुपर्ने भन्दै नेपाल पत्रकार महासंघले काठमाडौंमा र्‍याली निकालेको छ।

सूचना र विज्ञापनसम्बन्धी विभेदकारी र स्वेच्छाचारी सरकारी निर्णय खारेजीको माग गर्दै आन्दोलनरत महासंघले पेशागत संगठन र सरोकारवालासहित काठमाडौंमा बृहत् ऐक्यबद्धता र्‍यालीको आयोजना गरेको हो। 

महासंघले प्रेसको संवैधानिक हकको रक्षाका साथै संसदबाटै सर्वपक्षीय कार्यदल गठन गरी संविधान संशोधनको पहल र निर्वाध सूचना उपभोगको सुनिश्चितताका हुनुपर्ने समेत माग राखेको छ। 

विधिको शासन, नागरिक सर्वोच्चता र पेशागत तथा ट्रेड युनियन अधिकारको रक्षाका लागि शान्ति र लोकतन्त्रका लागि पेशागत सञ्जाल(पापड) समेत सहभागी भएर महासंघको आन्दोलनमा ऐक्यबद्धता जनाएको हो। 

ऐक्यबद्धता र्‍यालीमा सहभागीहरूले 'सञ्चारमाध्यममाथिको आर्थिक नाकाबन्दी फिर्ता गर, प्राज्ञिक स्वतन्त्रतामा हस्तक्षेप बन्द गर, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर'लगायत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए। सो क्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माले संविधानले दिएको सूचनाको हकका साथी सूचनाको पहुँचमा राज्यको नियन्त्रणजस्तो देखिएकाले ध्यानाकर्षण गराउनुपरेको बताइन्।

त्यस्तै पापड आबद्ध संघसंस्थाका प्रतिनिधिहरूले विधिको शासन, नागरिक सर्वोच्चताका विषयमा राज्य जिम्मेवार हुनुपर्ने धारणा राखेका थिए। २०८२ चैत १८ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट सबै तहको सरकारी विज्ञापन र सूचनाबाट निजी सञ्चारमाध्यमलाई वञ्चित गर्ने विभेदकारी परिपत्र खारेजीको माग राख्दै महासंघ चरणबद्ध आन्दोलनमा छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.