७ सय गोल गरेपछि रोनाल्डोले भने : रेकर्ड नै मेरो पछि लाग्छ !
म्याड्रिड : विश्वविख्यात पोर्चुगिस फुटबलर क्रिस्टियानो रोनाल्डोले आफू रेकर्डको पछि नलाग्ने बताएका छन् । बरु रेकर्ड नै आफ्नो पछि लाग्ने उनले बताए ।
रेकर्डहरु स्वभाविक रुपमै आफ्नो पछि आउने उनको दावी थियो । पोर्चुगिस फरवार्ड रोनाल्डोले आफ्नो देशका लागि भने ९५औं गोल गरेका छन् । सोही रेकर्ड राखेपछि उनले पत्रकारहरुसँग यस्तो बताएका हुन् ।
यस्तो रेकर्ड जोसुकैका लागि सम्भव नहुने भन्दै रोनाल्डोले आफ्नो ‘टीम मेट्स’, ‘कोच’ लगायत सहकर्मीहरुलाई धन्यवाद दिए । च्याम्पियन्स लिगमा रोनाल्डोले अहिलेसम्मकै उच्च गोल गर्ने खेलाडीको रुपमा रेकर्ड बनाइसकेका छन् ।