एनआरएनएमा नेतृत्व छान्‍न निर्वाचन प्रक्रिया प्रारम्भ : अध्यक्षमा कुल र कुमारको कडा प्रतिस्पर्धा

एनआरएनएमा नेतृत्व छान्‍न निर्वाचन प्रक्रिया प्रारम्भ : अध्यक्षमा कुल र कुमारको कडा प्रतिस्पर्धा

काठमाडौं : गैरआवासीय नेपाली संघ (एनआरएनए)को नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया सुरु भएको छ।

बन्दसत्र सकिएपछि मंगलबार बेलुका नै निर्वाचन प्रक्रिया सुरु भएको हो। मतदाता नामावली सार्वजनिक गरिएको छ। कुल मतदाताको संख्या रहेको छ। बुधबार बिहान उम्मेदवारी दर्ता गर्ने कार्यक्रम छ।

अध्यक्षमा हालका उपाध्यक्ष कुल आचार्य र कुमार पन्तले उम्मेदवारी घोषणा गरिसकेका छन्। आचार्य र पन्तले नेतृत्व गरेका दुई टीमबीच कडा प्रतिस्पर्धा देखिएको छ। अध्यक्षमा उम्मेदवारी दिएका आचार्य लोकतान्त्रिक पक्षसँग निकट छन् भने पन्त प्रगतिशिल समूहसँग आवद्ध छन्।

वर्तमान अध्यक्ष भवन भट्ट र पूर्वअध्यक्ष शेष घलेले आचार्यलाई सघाउने भएका छन् भने पूर्वअध्यक्ष जीवा लामिछानेले पन्तलाई सघाएका छन्। एनआरएनएमा दलीय हस्तक्षेप भएको भन्दै उपेन्द्र महतो सम्मेलनबाट बाहिरिएका छन् र उनी तटस्थ बसेका छन्। लोकतान्त्रिक समूहभित्रै विभाजन नभएको खण्डमा आचार्यको अवस्था तुलानात्मक रुपमा बलियो देखिएको उनका समर्थकहरु बताउँछन्।

अध्यक्षलगायतका महत्वपूर्ण पदमा सहमतिको प्रयास भए पनि त्यो राति अबेरसम्म सार्थक भएको छैन। मतदान हुने निश्चित भएको छ। आआफ्नो पक्षमा माहोल बनाउन र मतदातालाई प्रभावित गर्न दुवै पक्ष राति अबेरसम्म महाधिवेशनस्थल र राजधानीका होटलहरुमा व्यस्त देखिन्थे।

बुधबार अपरान्ह तीन बजे मतदान प्रारम्भ गर्ने गरी निर्वाचन समितिले कार्यतालिका सार्वजनिक गरेको छ। मतदान सम्पन्न भएको एक घन्टाभित्र मत परिणाम घोषणा हुनेछ। मंगलबारदेखि सुरु भएको सम्मेलनको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गरेकी थिइन्।

गैर आवासीय नेपाली संघको अधिवेशनमा विभिन्न देशबाट १८ सय देखि दुई हजार प्रतिनिधि सहभागी छन्। अध्यक्ष, पाँच जना उपाध्यक्ष, महासचिव, दुई जना सचिव, कोषाध्यक्ष, सहकोषाध्यक्ष, महिला संयोजक, युवा संयोजक, पाँचजना क्षेत्रीय संयोजक तथा उपसंयोजक, महिला र युवा उपसंयोजक गरी २५ पदहरुमा निर्वाचन हुनेछ।

अध्यक्ष पदका उम्मेद्वारहरु आचार्य पश्चिम नेपाल पर्वतका हुन् भने पन्त गोर्खाका हुन्। दुवै रोजगारीका क्रममा करिब दुई दशक अघि बाहिरिएका थिए। दुवैजना हस्पिटालिटी व्यवसायमा छन्। आचार्यको बेलायत तथा पोर्चुगलमा चेन रेष्टुराको व्यवसाय छ। पन्त जर्मनीको आर्थिक राजधानी फ्रैंकफर्टलाई आधार बनाएर होटल तथा रेष्टुरा व्यवसाय सञ्चालन गर्छन्।

हेर्नुस्, निर्वाचन तालिका :


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.