ठूलो संख्यामा सहसचिव र उपसचिवको विज्ञापन
काठमाडौं : लोक सेवा आयोगले ठूलो सख्यामा सहसचिव र उपसचिवको विज्ञापन खोलेको छ । दुई वर्षदेखि अवरुद्ध रहेको लोक सेवा आयोगको भर्ना प्रक्रियालाई सुचार गर्दै ६७८ को सख्यामा सहसचिव र उपसचिवको विज्ञापन आह्वान गरेको छ।
आयोगका प्रवक्ता किशोरजंग कार्कीले उनले कार्यतालिका अनुसार बुधबार विज्ञापन आह्वान भएको जानकारी दिए । उनले दुई वर्षसम्म अवरुद्ध भएका कारण संख्या ठूलो संख्यामा सहसचिव र उपसचिवको विज्ञापन आह्वान गरिएको बताए ।
। यसअघि आयोगले स्थानीय तहका लागि ९ हजार १६१ जना कर्मचारीको विज्ञापन खोलेको थियो । यो विज्ञापनको पहिलो र दोस्रो चरणको लिखित परीक्षा सक्किसकेको छ ।
पूरा विज्ञापन