उडान भर्दै वायुसेवा कम्पनी

उडान भर्दै वायुसेवा कम्पनी

काठमाडौं : नेपाल भ्रमण वर्ष २०२० लाई लक्ष्य गरी उडान विस्तार र नयाँ वायुसेवा कम्पनी आकर्षित गर्ने रणनीति सरकारले लिएपछि नयाँ कम्पनीले उडानको तयारी गरिरहेका छन्।

भ्रमण वर्षको मुखैमा तीनवटा अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले नेपाल उडान गर्ने तयारी गरेको र अर्को एक नयाँ वायुसेवाले उडानमा चासो देखाएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जानकारी दिएको छ।

मन्त्रालयका अनुसार दुईवटा वायुसेवा कम्पनीले अनुमति पाइसकेका छन्। एउटा वायुसेवाको आवश्यक कागजपत्र मूल्यांकन भइरहेको छ भने अर्को एक कम्पनीले औपचारिक प्रस्ताव पेस नगरेको भए पनि अनौपचारिक जानकारी लिएर आवश्यक कागजात तयार पार्न थालिसकेको छ। मन्त्रालयका अनुसार दसैं विदा सुरु हुन अघिल्लो दिन (असोज १७ गते) कुवेतको जजिरा एयरलान्इसले नेपाल उडान गर्ने अनुमति पाएको छ। यसअघि नेपाल पुनः उडान गर्ने अनुमति मागेको भारतीय वायुसेवालाई अनुमति दिइएको छ। यी दुई वायुसेवालाई मन्त्रालयले अनुमति दिएर हवाई क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणसमक्ष उडान समयको व्यवस्थापनसहित अनुमतिका निम्ति सिफारिस गरेको छ।

नेपालमा उडान अनुमतिका लागि तयारी गरिरहेको स्पाइसजेट भारतीय बजेट एयरलाइन्स हो भने जजिरा लिगेसी वायुसेवा हो। स्पाइसजेटले भारतबाट दैनिक दुई उडान गर्ने भएको छ भने जजिराले दैनिक एक उडान गर्ने उल्लेख छ।

भारतकै अर्को वायुसेवा विस्तारा एयरलान्इसले नेपाल उडानको अनुमति मागेको छ। यो वायुसेवाको उडान अनुमतिको आवश्यक कागजपत्र मूल्यांकन भइरहेको छ। यो वायुसेवाले पनि उडान अनुमति पाउने उल्लेख छ। यसले दैनिक एक उडानका दरले हप्ताको सात वटा उडान गर्ने गरी अनुमति मागेको छ।

मन्त्रालयबाट उडान अनुमति पाएका स्पाइसजेटले प्राधिकरणबाट विमानस्थलमा उडान तथा अवतरणको समय (स्लट) पनि पाइसकेको छ। यो वायुसेवाले हरेक दिन बिहान साढे १० बजे आएर साढे ११ बजे फर्कने र बेलुका साढे ४ बजे आए साढे ५ बजे फर्कने गरी अनुमति पाएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीले बताए।

विमानस्थलबाट स्लट पाइसकेको भए पनि उडान समय तय गर्न बाँकी रहेको स्पाइस जेटका एक प्रतिनिधिले जानकारी दिए। आवश्यक कागजात पूरा गर्नेबित्तिकै काठमाडौं उडान सुरु हुने उल्लेख छ। यो वायुसेवाले भूकम्पअघि नियमित उडान गथ्र्यो। यो वायुसेवा पुनः काठमाडौं आउन तयार रहेकाले अनुमति पाउनासाथ नियमित उडान सुरु हुने जानकारी दिएको छ।

काठमाडौं उडानको तयारी गरेको जजिरालाई साँझको समयमा उडान अवतरणको अनुमति दिने उल्लेख छ। यसले पाउने स्लटबारे निर्णय हुनै बाँकी रहेको प्राधिकरणले जानकारी दिएको छ।

यस्तै कम्बोडियाको जेसी इन्टरनेसनल एयरलाइन्स पनि काठमाडौं आउन इच्छुक छ। यो वायुसेवाले आवश्यक तयारी गरिरहेको छ। यसले औपचारिक रूपमा प्रस्ताव पेस नगरेको भए पनि काठमाडौं आउने तयारीमा गरेको उल्लेख छ। सरकारले कम्बोडियासँग गत वर्ष मंसिरमा मात्रै हवाई सेवा सम्झौता गरेको हो। उक्त सम्झौताअनुसार दुवै देशका वायुसेवाले सातामा १४ उडान गर्न पाउनेछन्।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.