औषधि पसलमा लागुऔषध

औषधि पसलमा लागुऔषध

विराटनगर : प्रदेश १ को मुख्य सहरमा सञ्चालित अधिकांश औषधि पसलमा प्रतिबन्धित औषधिसँगै लागुऔषधको कारोबार हुने गरेको खुलेको छ। प्रहरीले सक्रियता बढाएसँगै पछिल्लो समय यस्ता प्रतिबन्धित र लागुऔषध कारोबार गर्ने पसलको बारेमा बाहिर आउन थालेको छ। केही दिनअघि मात्रै मोरङ प्रहरीले अवैध लागुऔषध कारोबार गर्ने मेडिकल सञ्चालकसहित दुई जनालाई पक्राउ गर्‍यो।

इलाका प्रहरी कार्यालय बेलबारीले इटहरीमा ‘तिरूपती मेडिकल’का सञ्चालक २६ वर्षीय नरेश यादव र लागुऔषध ओसार–पसार गर्ने इटहरी उपमहानगरपालिका–२ पशुपति चोकका २० वर्षिय असिम श्रेष्ठलाई पक्राउ गरेको हो। प्रहरीले यादवको मेडिकल र श्रेष्ठको साथबाट ठूलो परिमाणमा लागुऔषध बरामद गरेको थियो। प्रहरीका अनुसार श्रेष्ठले ल्याएको लागुऔषध यादवकै मेडिकलमा भण्डारण गरी कारोबार हुने गरेको पाइएको मोरङ प्रहरीका एसपी विश्व अधिकारीले बताए। बुधबार पक्राउ परेका श्रेष्ठले ल्याएको लागुऔषध पनि इटहरीको मेडिकल हलमा ल्याउने तयारी देखिएको उनको भनाइ छ।

यसअघि पनि मोरङ प्रहरीले विराटनगरको ठूला अस्पताल परिसरमा सञ्चालित मेडिकलमा छापा मारेर ठूलो माामा प्रतिबन्धित औषधि बरामद गरेको थियो। प्रतिबन्धित औषधि कारोबार हुने सुचना पाएको प्रहरीले अनुसन्धानका क्रममा भारतको सिलगुडी बस्दै आएका धरानका प्रतिबन्धित औषधि कारोबारी जीवन अग्रवालसँग मिलेर न्यूरो अस्पतालभित्र सञ्चालित लाईफ सर्पोट फार्मेसी, फेमली फार्मेसी, विराट नर्सिङहोमभित्र सञ्चालित मेडप्लस फार्मेसी, म्याक्स अस्पतालभित्र सञ्चालित लङ लाइफ फार्मेसी र विराट मेडिकल कलेजभित्र सञ्चालित विराट महुली फार्मेसीमा छापा मारेको थियो।

सो क्रममा प्रहरीले नक्कली लेबल र स्टीकरसहित ३ हजार ४४ थान प्रतिबन्धित औषधि बरामद गरेको थियो। यसमा संलग्न जीवन अग्रवाल, दिपककुमार राय र प्रशान्तकुमार चौधरीविरुद्ध औषधि व्यवस्था विभागलाई कारबाहीको लागि बुझाएको छ। औषधि व्यवस्था विभाग(डीडीए) विराटनगरले भने अनुगमन भए पनि नरोकिएपछि प्रहरीको सहायता लिएको जनाएको छ।

गतवर्ष दर्ता नभएको औषधि कारोबार गर्ने मोरङ, सुनसरी, झापाका फार्मेसी व्यवसायमाथि मुद्दा दर्ता गरेर कारबाही चलाएको औषधि व्यवस्था विभाग मोरङका प्रमुख सञ्जीत शर्मा कट्टेलले बताए। विभागको उदेश्य कार्यावन्यन गर्ने आफूले काम सुरु गरेको बताए। ‘अस्पतालबाट नै अभियान सुरु गरेको छौं।मैले विभाग समालेको १० दिन मात्रै भयो, विगतमा के भयो थाहा छैन तर अब विभागको ऐन र कर्तव्य अनुसारका अनुगमन अघि बढाउनेछु,’ उनले भने।

विभागको तथ्यांक अनुसार प्रदेश १ मा ४ हजार १ सय ६६ औषधि पसल सञ्चालनमा छन्। मोरङमा मात्रै १ हजार २ सय ५३ वटा र झापामा ८ सय ७० औषधि पसल सञ्चालनमा छन्। औषधि व्यवस्था विभागले प्रभावकारी अनुगमन गर्न नसक्दा अधिकांश मेडिकलमा प्रतिबन्धित औषधि र लागुऔषधको कारोबार नियन्त्रणमा आउन सकेको छैन।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.