एनआरएनएको मध्यपूर्व संयोजकमा गुरुङ

एनआरएनएको मध्यपूर्व संयोजकमा गुरुङ

काठमाडौं : गैरआवासीय नेपाली संघ (एनआरएनए)को मध्यपूर्व संयोजक र उपसंयोजक सर्वसम्मत चयन भएका छन्। मध्यपूर्ण संयोजकमा प्रविण गुरुङ र उपसंयोजकमा राजेन्द्र अर्याल र मनोज गोर्खाली सर्वसम्मत चयन भएका हुन्।

मध्यपूर्वका नयाँ संयोजक गुरुङले खाडी मुलुकमा हुने श्रमिक समस्यालाई सामधान गर्ने प्रतिवद्धता जनाएका छन्।  त्यस्तै एनआरएनएको विश्व नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता भइसकेको छ। अध्यक्षमा हालका उपाध्यक्ष कुल आचार्य र कुमार पन्तले उम्मेदवारी दर्ता गराएका छन्।

नयाँ नेतृत्व चयनका लागि बुधबार अपरान्ह तीन बजे मतदान प्रारम्भ गर्ने गरी निर्वाचन समितिले कार्यतालिका सार्वजनिक गरेको छ। मतदान सम्पन्न भएको एक घन्टाभित्र मत परिणाम घोषणा हुनेछ। मंगलबारदेखि उक्त सम्मेलन सुरु भएको थियो।

गैर आवासीय नेपाली संघको अधिवेशनमा विभिन्न देशबाट १८ सय देखि दुई हजार प्रतिनिधि सहभागी छन्। अध्यक्ष, पाँच जना उपाध्यक्ष, महासचिव, दुई जना सचिव, कोषाध्यक्ष, सहकोषाध्यक्ष, महिला संयोजक, युवा संयोजक, पाँचजना क्षेत्रीय संयोजक तथा उपसंयोजक, महिला र युवा उपसंयोजक गरी २५ पदहरुमा निर्वाचन हँदैछ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.