दुर्घटनाको केशमा मिलापत्र गरेको घुस माग्ने प्रहरी अधिकृतविरुद्ध मुद्दा
काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानगरीय प्रहरी प्रभाग थली, काठमाडौंमा प्रहरी नायव निरीक्षक विपिनचन्द्र पन्तविरुद्ध घुस मुद्दा दायर गरेको छ।
सवारी दुर्घटना केशको सहमतिबमोजिम मिलापत्र गरिएकोमा मिलापत्र गरिदिएबापत सेवाग्राहीसँग घुस लिदालिदै पक्राउ परेका सई पन्तविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए। उनी ५ हजार घुससहित पक्राउ परेका थिए।
उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन बमोजिम जरिवाना र कैद सजाय हुन मागदावी सहित विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।