धक्का लागेको रिसमा आगजनी

धक्का लागेको रिसमा आगजनी

राजविराज : रिस समाल्न नसक्दा कञ्चनरुप नगरपालिका–८ का २६ वर्षीय सोनु मण्डल र उनका पाँचजना साथी प्रहरी हिरासतमा परेका छन्। दसैंको महानवमीको दिन गाउँमा लागेको दुर्गा भवानी मेलामा पुगेका मण्डललाई अटो रिक्साले अन्जानमै सामान्य धक्का दिएको थियो। त्यसपछि भएको विवादमा आवेगमा आएका मण्डलले रिक्सा जलाई दिने धम्की दिए। उनलाई त्यही धम्की भारी बन्यो र प्रहरी हिरासतमा पुगे।

इलाका प्रहरी कार्यालय कञ्चन रुपका डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार धक्का दिएको रिसमा दुई दिनपछि रातको समयमा मण्डलसहितले कञ्चनरुप ८ बस्ने बलराम खत्वेको स.१ ह.३२३४ नम्बरको अटो रिक्सा जलाइदिएका हुन्। खत्वेले घर अगाडि राखेको अटो रिक्सा आरोपितले तीन सय मिटर टाढा बाँसको झ्याङमा लगेर जलाइदिएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

आफ्नो रिक्सा जलाइएपछि धम्की दिएको आधारमा खत्वेले मण्डलको नाम पोलेर प्रहरी कहाँ पुगे। त्यसपछि अनुसन्धान गर्दै जाँदा तथ्य पत्ता लागेको हो। ‘आगजनी व्यक्तिगत रिसका कारण भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ’, डीएसपी मि श्रले भने, ‘आरोपीविरुद्ध आपराधिक उपद्रवको उजुरी दर्ता गरी कारवाही गरिने छ।’

अटो रिक्सा आगजनी गरेको आरोपमा मण्डलसहित सोही ठाउँका ३२ वर्षीय महनारायण खंग, २३ वर्षीय जयप्रकाश चौधरी, २२ वर्षीय सागर चौधरी, १८ वर्षीय सन्तोष चौधरी र १८ वर्षीय रमेश खंग पक्राउ परेका छन्। फरार दुई जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ। ऋण गरेर साउन ६ गते मात्र खत्वेले चार लाख रुपैयाँमा अटो रिक्सा खरिद गरेका थिए। सामान्य झगडाको रिसमा मण्डलले साथीहरूको सहयोगमा अटो रिक्सामा आगजनी गरेपछि खत्वेलाई हातमुख जोर्न पनि समस्या भएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.