नेकपालाई ग्याष्ट्रिक भयो, अब क्यान्सर लाग्छ : प्रचण्ड (भिडियाे)

नेकपालाई ग्याष्ट्रिक भयो, अब क्यान्सर लाग्छ : प्रचण्ड (भिडियाे)

चितवन : नेकपाका अध्यक्ष पुष्पकमल दाहालले पार्टीभित्रैको अराजक गतिविधिका कारण खतरा भएको बताएका छन् । दाहालले पार्टीभित्र एकले अर्कोलाई सिद्धाउने परिपाटी देखिएको बताए ।

नेकपा चितवनले आयोजना गरेको चियापान कार्यक्रममा बोल्दै अधयक्ष दाहालले पार्टीभित्र संस्कारको अभाव औंल्याए । 'आजभोली आपसमा मिलेको देखेका छैनौं, 'दाहालले भने, ' कम्युनिस्ट हामी आफैं बिग्रेपछि मात्रै खतरा हुन्छ पार्टीमा अहिले यही डर छ।'
 

गत महिना निमार्ण व्यवसायी संघ चितवनको अधिवेशनमा नेकपाका तर्फबाट उम्मेदवार बनेका नाताले दाहालका साला छवि कंडेल पराजित भएका थिए । त्यही घटनालाई संकेत गर्दै दाहालले पार्टीमा अराजकता मौलाउन लागेको बताए । 

पार्टीमा नराम्रो रोगको सुरुवात भएको भन्दै बेलैमा विचार नगरे त्यसले पार्टी सिद्धाउन बेर नलाग्ने उनले दावी गरे । ' हामीले निर्णय एउटा गर्ने, भोट अर्कोलाई हाल्ने रोग चितवनबाटै सुरु भएको छ,' उनले भने, 'पार्टीलाई ग्याष्ट्रिक, अल्सर रोग लागिसक्यो। बेलैमा उपचार गरे निको हुन्छ, नत्र खतरा छ।'

शुभकामना कार्यक्रममा आएका दाहालले कार्यकर्तालाई सम्झाए । दाहालले भारत र चीनसँगको सम्बन्ध प्रगाढ भएको दावी गरे। अध्यक्ष प्रचण्डले कम्युनिस्ट चरित्रमा अनुशासनहितना देखिएको भन्दै असन्तुष्टि पोखे । सत्तामा नहुँदा इमान्दारिता प्रदर्शन गर्ने सत्तामा पुगेपछि सबै बिर्सने रोग रहेको बताए । 

जनताबाट नेताहरु टाढा भएर विचलित हुने रोग कम्युनिस्टलाई लागेको बताए । उनले कार्यकर्तालाई राजनैतिक परिवर्तनमा लाग्दाको अवस्थाको स्मरण गर्न आग्रह गरे।  कार्यक्रममा गृहमन्त्री रामबहादुर थापा बादलले समृद्धिको विकासका लागि समाजवादको बाटो रोक्नका लागि विरोधी सलबलाएको भन्दै त्यसका लागि दलहरु एकजुट हुन जरुरी रहेको औंल्याए।

भिडियाे


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.