स्मार्टफोन रेनटूएफ सार्वजनिक
काठमाडौं : ओपोले नेपालमा रेनो सिरिजअन्तर्गत नयाँ स्मार्टफोन रेनोटूएफ सार्वजनिक गरेको छ । रेनोटूएफ ओपोको रेनो सिरिजअन्तर्गत भित्र्याइएको नयाँ संस्करण हो । प्रयोगकर्तालाई थप प्रोत्साहन गर्ने उद्देश्यका साथ यसमा फोटोग्राफीका नयाँ फिचर्स उपलब्ध छ ।
'रेनो सिरिजको रचनात्मक स्पिरिटलाई समाहित गर्दै नयाँ समिकरणले प्रयोगकर्तालाई नयाँ दृष्टिकोण प्रस्तुत गर्न प्रोत्साहित गर्नेछ', ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले भने, 'यसमा रहेको अत्याधुनिक क्यामेरा प्रविधिले उत्कृष्ट प्रदर्शनी दिने क्षमता राख्छ ।'
ओपो रेनोटूएफमा कम्पनीले चारवटा क्यामेरा सेटअपको व्यवस्था गरेको छ । फोनमा उपलब्ध चार क्यामेरामा ४८ एमपी अल्ट्रा क्लियर मेन लेन्स, ८एमपी वाइड एंगल लेन्स, एउटा मोनो लेन्स र २एमपी पोट्रेट लेन्स छन् ।
अहिले फोनमा उपलब्ध गरिएको ४८ एमपी क्षमताको प्रमुख लेन्स पछिल्ला पुस्ताका लेन्सको तुलनामा ठूलो मात्र नभई अझ बढी रिजोलुसन दिने क्षमता राख्छ । यसमा रहेका एफ १.७९ एपर्चर र १÷२.२५ इन्च सेन्सरको सहायताबाट यसो हुनु सम्भव भएको हो ।
ओपो रेनोटूएफले अद्वितीय तस्विर खिच्न सघाउनुका साथै यसमा समान भिडियो क्षमता रहेको छ । फोनमा रहेका शक्तिशाली क्वाड क्यामेरा र तिनमा समाहित ४८ एमपी प्रमुख लेन्स र अल्ट्रा नाइट मोड २.०का माध्यमबाट यसले जस्तो सुकै परिस्थितिमा उत्कृष्ट तस्विर खिच्ने क्षमता राख्छ । यसमा रहेका वाइड एंगल लेन्स र सोलुप भिडियो एडिटरका कारण रेनोटूएफको भिडियो खिच्ने क्षमता पनि उत्तिकै सटिक छ ।