विवाह अस्वीकारपछि आमा-छोरीको हत्या

विवाह अस्वीकारपछि आमा-छोरीको हत्या

उदयपुर : उदयपुरको त्रियुगा नगरपालिका ९ चौकीबारीका आमाछोरी हत्या प्रकरणमा ‘प्रेमसम्बन्ध कारक भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ। 

    
संघीय प्रहरी इकाई धरान, प्रदेश प्रहरी इकाई विराटनगर र जिल्ला प्रहरी कार्यालय उदयपुरको संयुक्त अनुसन्धान टोलीले असोज २४ गते साँझ २८ वर्षीया गोमा भनिने शारदा चौधरी र छोरी ६ वर्षीया रचना चौधरीको हत्यामा यस्तो निष्कर्ष निकालेको हो। 

अनुसन्धानकाक्रममा घटनाको सूचना पाएको ६ घण्टामा पक्राउ परेका सिरहा जिल्लाको लहान नगरपालिका ८ घर भई उदयपुरको त्रियुगा नगरपालिका ३ मोतिगडामा बस्दै आएका ४० वर्षीय रामहरी साहको प्रारम्भिक बयानबाट प्रहरी यो निष्कर्षमा पुगेको हो।

बिहीबार घटनाका आरोपित साहलाई सार्वजनिक गर्दै प्रहरी उपरीक्षक वीरबहादुर बुढामगरले प्रेम सम्बन्धले वैद्यता नपाएपछि घटना घटेको बताए। उनले भने, ‘मृतक र आरोपितबीच २०७३ सालबाट सम्बन्ध थियो, त्यो सम्बन्धलाई विवाहमा परिणत गरौँभन्दा मृतकले अस्वीकार गरेपछि घटना भएको देखिन्छ।

मृतक र आरोपितबीचको सम्बन्धका कारण पारिवारिक झगडा भएपछि लाहानमा बसोबास गर्दै आएकी श्रीमतीलाई छोडी आरोपित मोतिगडामा मिठाई पसल गरी बस्दै आएका थिए। 

एसपी मगरले भने, ‘घर बिग्रिएपछि मृतकसँगको सम्बन्धलाई हेर्दा विवाह गर्न लालायित भएको देखिन्छ, त्यही कुरा प्रस्ताव गर्दा मृतकले कहिले फोन नगर्नू, भेट्न नआउनू जस्ता शब्द प्रयोग गर्दै अस्वीकार गरेपछि यो अवस्थामा पुगेको प्रारम्भिक बयानबाट खुलेको देखिन्छ।’

दसैं अघि नै हत्याको योजना
आरोपितको बयानअनुसार दसैं अघि नै हत्याको तयारी रहेको प्रहरीले बताएको छ। ‘पटक–पटकको टेलिफोन सम्वादमा विवाह अस्वीकार गरेपछि आरोपितले दसैं अघि नै हत्या गर्ने योजना थियो’, एसपी मगरले भने, ‘त्यो टरेपछि उपयुक्त समयको खोजीमा थिए।’
 
‘दसैं अघि मृतक आफैँ बिरामी भई अस्पताल बसेको र घरमा बहिनी आएर बसेपछि योजना असफल भएको हो’, आरोपित साहलाई उद्धृत गर्दै एसपी मगरले भने, ‘असोज २४ गते जेठी छोरी मावल गएको र घरमा आमा र कान्छी छोरी बसेको थाहा पाएपछि उनी त्यहाँ पुगेका थिएँ।’ 

कसरी भयो हत्या ?
घरमा कान्छी छोरी र आमा मात्र भएको थाहापाएपछि कोठाबाटै हत्या गर्ने योजना बुनेर आरोपित मृतकको घर साँझमा पुगेका थिए। बयानमा भनेका छन्, ‘विवाह गर्न पटक–पटक आग्रह गरेँ। तर मृतकले विभिन्न बहानावाजी गर्दै आलटाल गरेपछि त्यो निर्णयमा पुगेँ।’
 
संवाद सुनेपछि छोरी रचना टीभी कोठामा कार्टुन हेरेको थाहा पाएपछि बाहिरबाट थाहा नपाउने गरी चुकुल लगाएको बताएका छन्। छोरी थुनेपछि आमालाई उसैको सल प्रयोग गरी घाँटीमा बेरेको र त्यसपछि धारिलो हतियार प्रयोग गरी घाँटी रेटेका थिए। त्यसपछि छोरीबाट घटनाको रहस्य खुल्ने देखेर छोरीको पनि हत्या गरेको बयानबाट खुलेको छ। 

प्रहरी यसरी पुग्यो अपराधी नजिक 
घटना घटेको भोलिपल्ट असोज २५ गते बिहान प्रहरीले हत्या भएको खबर पायो। लगत्तै डिएसपी हरिकृष्ण केसीको नेतृत्वमा टोली परिचालित भयो र केही बेरमै एसपी बुढामगर घटनास्थल पुगे। 
    
घरको दुई सय मिटर परमात्र अन्य बस्ती देखिएपछि र मृतकका पति विदेशिएको जानकारी आएपछि प्रहरीले सूक्ष्म ढंगले अनुसन्धान गरेको हो। प्रारम्भिक चरणमा स्थानीयको बयानका आधारमा पुरुषको आवतजावत बाक्लो हुन थालेपछि घटनालाई प्रहरीले प्रेमसम्बन्ध कारण हुनु पर्ने अनुमान गर्दै अनुसन्धान अगाडि बढाएको एसपी मगरले बताए। 
    
सूचना पाएको ६ घण्टा भित्रै आरोपितको कोठा मोतिगडा पुगेको प्रहरी टोलीले उनको कोठाबाट कानमा लगाउने सुनको सामान फेला पारेको थियो। फेला पारेको सुन मृतकका जेठी छोरी भावना चौधरीले आमाको भएको स्वीकार गरेपछि प्रहरी अपराधी नजिक पुग्न सफल भएको बताएको छ। 

प्रहरीले घटनाकाक्रममा २ सयभन्दा बढीलाई अनुसन्धानको घेरामा राखेर अनुसन्धान सुरु गरेको बताएको छ। त्यसमध्ये २० जनाको बयान लिएको अनुसन्धान अधिकृत डिएसपी केसीले बताए।
 
एसपी मगरले सूचना पाएको ६ घण्टा भित्र आरोपित गिर्फतार हुनु र ७ दिनभित्र सार्वजानिक गर्न सक्नु प्रहरीको सफलता भएको बताए। 

    
 
  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.