यस्तो बन्यो एनआरएनको नयाँ नेतृत्व

यस्तो बन्यो एनआरएनको नयाँ नेतृत्व

काठमाडौं : गैरआवसीय नेपाली संघ (एनआरएनए) मा नयाँ नेतृत्व चयन भएको छ। संघको नवौं विश्व सम्मेलनबाट आगामी दुई वर्षे कार्यकालका लागि कुमार पन्तको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको हो।

पन्तले प्रत्यासी कुल आचार्यलाई १४७ मतले पराजित गर्दै विजयी भएका हुन्। एक हजार २१७ मत ल्याएर पन्त विजयी हुदाँ आचार्यले एक हजार ७० मत ल्याएका हुन्।

खुलातर्फ पन्त समूहका बद्री केसी (११६३), अर्जुनकुमार श्रेष्ठ (१०२७), सोनाम लामा (८९८) र आचार्य समूहका मन केसी (९६१) विजयी भएको निर्वाचन आयोगले जनाएको छ।

त्यस्तै महिला उपाध्यक्षमा रविना थापा (१२२१) मत ल्याएर विजयी भइन्। उनकी प्रतिस्पर्धी सपिला राजभण्डारीले ८६३ मत ल्याइन्। 

महासचिवमा डा. हेमराज शर्माले एक हजार एक सय ३१ मत ल्याएर विजयी भए। उनका प्रतिद्वन्द्वी जानकी गुरुङले एक हजार ५३ मत ल्याइन्।

सचिवमा गौरीराज जोशी र आरके शर्मा विजयी भए। कोषाध्यक्षमा महेशकुमार श्रेष्ठ, सह–कोषाध्यक्षमा लोकप्रसाद दाहाल विजयी भए। महिला संयोजकमा भोमादेवी लिम्बू, युवा संयोजकमा हिमाल गुरुङ विजयी भएका छन्।

मध्यपूर्व र अफ्रिका क्षेत्र सबै उम्मेदवार निर्विरोध निर्वाचित भएका छन्। मध्यपूर्व क्षेत्रको संयोजकमा प्रविन गुरुङ, उपसंयोजकमा मनोजकुमार श्रेष्ठ र राजेन्द्र अर्याल निर्विरोध भए। महिला संयोजकमा सुमित्रादेवी पौडेर र युवा संयोजकमा राजु रेग्मी निर्विरोध निर्वाचित भए। 

अफ्रिका क्षेत्रको संयोजकमा रोशन थापा र महिला संयोजकमा मनकला थापा निर्वाचित भएका छन्। अफ्रिकाको क्षेत्रीय उपसंयोजक र युवा संयोजकमा कसैको पनि उम्मेदवारी परेको थिएन। 

एसिया प्रशान्त क्षेत्रको संयोजकमा गोविन्द श्रेष्ठ, उपक्षेत्रीय संयोजकमा खगेन्द्र न्यौपाने र पारसमणि पोखरेल विजयी भए। महिला संयोजकमा अमृता थापा र युवा संयोजकमा दीपकप्रसाद कँडेल निर्विरोध भए।

अमेरिका क्षेत्रको संयोजकमा राजन त्रिपाठी, उपसंयोजकमा रामसी पोखरेल विजयी भए। त्यस्तै महिला संयोजकमा उमा कार्की थापा, युवा संयोजकमा विमला सापकोटा निर्विरोध भए। 

ओसिएन क्षेत्रको संयोजकमा होमनाथ पाण्डे, उपसंयोजकमा नवीन कँडेल विजयी भए। त्यस्तै महिला संयोजकमा जानकी पौडेल र युवा संयोजकमा राजकुमार थपलिया निर्विरोध भए।  युरोप क्षेत्रको संयोजकमा नारायणप्रसाद आचार्य निर्वाचित भए।  
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.