त्रिनगर भन्सार कार्यालयको राजस्व संकलन कमजोर

त्रिनगर भन्सार कार्यालयको राजस्व संकलन कमजोर

धनगढी : कैलाली त्रिनगर भन्सार कार्यालय राजस्व संकलनमा कमजोर देखिएको छ।

चालु आर्थिक वर्ष २०७६-०७७ को सुरुवातमै भन्सार विभागलाई दिएको मासिक लक्ष्य भेट्न मुस्किल परेको छ। त्रिनगर भन्सार कार्यालयले साउनमा लक्ष्यको ६५ प्रतिशत अर्थात् ३५ करोड ४० लाख ८५ हजार राजस्व संकलन गरेको हो।

यो महिनामा विभागले ५३ करोड ७९ लाख ८५ हजार राजस्व संकलनका लागि लक्ष्य तोकेको थियो। यस्तै, कार्यालयले भदौमा लक्ष्यअनुसार झन कम राजस्व संकलन गरेको छ। यो महिना ५९ प्रतिशत अर्थात् ३९ करोड ८५ लाख ३२ हजार राजस्व संकलन भएको छ।

यो महिनाका लागि भन्सार विभागले त्रिनगर भन्सार कार्यालयलाई ६७ करोड २३ लाख पाँच हजार रुपैयाँ राजस्व संकलन गर्न लक्ष्य तोकेको थियो। दुई महिनामा भन्सार कार्यालयले ७५ करोड २६ लाख १७ हजार राजस्व संकलन गरेको हो।

जसमा भन्सार महसुल ३७ करोड ६१ लख ५२ हजार, मुल्य अभिवृद्धि कर ३२ करोड ९५ लाख ३३ हजार र अन्तशुल्क चार करोड ६९ लाख ३२ हजार रुपैयाँ राजस्व संकलन भएको छ। भन्सार विभागले चालु आर्थिक वर्षका लागि त्रिनगर भन्सार कार्यालयलाई ६ अर्ब ७० करोड ३१ लख ८६ हजार राजस्व संकलन गर्नुपर्ने लक्ष्य तोकेको छ।

भन्सार कार्यालयका भन्सार अधिकृत कुमार गौतमले गत वर्षको दाँजोमा असुली बढी देखिए पनि राजस्व संकलनमा भने कमी आएको बताए।
उनले गत वर्ष संकलन भएको राजस्वमा भन्सार विभागबाट ३४ प्रतिशत बढाएर यस वर्ष लक्ष्य तोकिएकाले लक्ष्यअनुसार राजस्व संकलन कम देखिएको दाबी गरे। भन्सार विभागले भन्सार कार्यालयहरूलाई अघिल्लो वर्ष संकलन भएको राजस्वमा केही प्रतिशत बढाएर पछिल्लो वर्षका लागि संकलन गर्नुपर्ने राजस्व लक्ष्य तोक्ने गर्छ।

विगतका वर्षहरूमा सतप्रतिशत भन्दा पनि बढी राजस्व संकलन गर्ने त्रिनगर भन्सार कार्यालयलाई यस वर्ष लक्ष्यअनुसार राजस्व संकलनमा कठिन देखिएको छ। ‘त्रिनगर भन्सार कार्यालयले हरेक वर्ष लक्ष्यअनुसार राजस्व उठाउने गरेको छ’, उनले भने, ‘यस वर्ष आयात हुने सामानमा कडाई गरेपछि भन्सारको राजस्व संकलनमा कमी आएको हुनसक्छ।’

उनका अनुसार त्रिनगर नाका हुँदै यस वर्ष तकारी, माछामासु, फलफूल आयात गर्न पूर्णरूपमा बन्द गरिएको छ। यो नाका भएर आयात हुने यी चिजमा विषादीको प्रयोग बढेपछि सरकारले नै बन्द गराएको हो। वार्षिक अर्बौँको आयात हुने चिजहरू बन्द भए पनि राजस्व संकलन पनि ह्वात्तै घटेको भन्सार अधिकृत गौतमको भनाइ छ। उनले त्रिनगर भन्सार कार्यालयका लागि राजस्व संकलन हुने सबैभन्दा ठूलो स्रोत पेट्रोलियम पदार्थ यस वर्ष सुरुबाटै कम आयात भएको जानकारी दिए।  त्रिनगर भन्सार कार्यालयको राजस्व संकलनको ५० प्रतिशत हिस्सा तेल आयातले ओट्ने गरेको छ।

यस्तै, पशुजन्य खाद्यान्य आयातमा पनि कडाई गरेपछि त्रिनगर भन्सार हुँदै दायाँ आयात कम भइरहेको छ। त्रिनगर भन्सार कार्यालयका लागि पेट्रोलियम पदार्थपछि ट्याक्टर, विस्कुट, टायल, मार्बल, सुर्तीलगायत राजस्व संकलनका प्रमुख स्रोतहरू हुन्।

अघिल्लो आर्थिक वर्ष २०७५-०७६ मा  लक्ष्यभन्दा दुई करोड ४१ लाख कम राजस्व संकलन गरेको थियो । पाँच अर्ब १९ करोड ७५ लाख राजस्व संकलनको लक्ष्य थियो । जिल्ला भन्सार मातहत रहेका दुईवटा छोटी भन्सार कार्यालय छुट्टै भन्सारको रूपमा स्थापना हुनु तथा केही समययता तरकारी आयात प्रभावित हुनुले पनि राजस्व संकलनमा प्रभाव पारेको भन्सार दाबी गरेको छ। सत्ती र पृथ्वीपुर छोटी भन्सार कार्यालय गत वर्षदेखि जिल्ला भन्सार मातहत छैनन्।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.