महिनामा बलात्कारका दर्जन घटना

महिनामा बलात्कारका दर्जन घटना

ललितपुर : असोजमा मात्र एक दर्जन बलात्कारका घटना ललितपुर प्रहरीमा दर्ता भएका छन्। यी घटना दसैंका बेला भएका हुन्। दसैंअघि भएको एउटा बलात्कारको घटनामा पीडितको पहिचान मंगलबार खुलेको प्रहरीले जनाएको छ।

महानगरीय प्रहरी वृत्त सातदोबाटोका प्रमुख गौतम मि श्रका अनुसार असोज ६ गते ठैबमा बलात्कारको उक्त घटना भएको थियो। अन्दाजी २२/२३ वर्षकी युवती ठैबस्थित राजकुलोमा डुबेको अवस्थामा भेटिइन्। अचेत अवस्थामा भेटिएकी उनको शरीरमा चोटपटक थिएन। युवतीलाई बलात्कार गरी मारेर कुलोमा फालिएको हुनसक्ने प्रहरीको अनुमान छ।

प्रमुख मि श्रका अनुसार प्रहरीले घटनास्थलबाट मुचुल्का उठाएर अनुसन्धान अगाडी बढायो। शंकाका आधारमा दुई जनालाई समात्यो। पक्राउ पर्नेमा १९ वर्षका रुपेश दियाली र अर्का नाबालक छन्। उनीहरु काभ्रे खानीखोला र ललितपुरको बागमती गाउँपालिकाका हुन्। नाबालक भएकाले उनको नाम उल्लेख गरिएको छैन। घटनामा संलग्न अर्का ‘छड्के’ उपनाम गरेको किशोर फरार छन्। पीडकको बयानबाट सामुहिक बलात्कारमा परेको पुष्टी भए पनि कुलोमा फालेको हो वा होइन भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

पक्राउ परेका युवाले युवतीलाई बलात्कार गरे पनि कुलोमा नफालेको बयान दिएको प्रहरीले जनाएको छ। पीडित युवतीले घटनाको अघिल्लो दिन मादक पदार्थ सेवन गरेको हुनसक्ने प्रत्यक्षदर्शीले बताएका छन्। उनी लरखराउँदै सडकमा हिडेको स्थानीयले देखेको प्रहरीको भनाइ छ। ‘हिजोमात्र उनी प्रहरी कहाँ आएकी हुन्’, प्रमुख मि श्रले भने, ‘उनले आफुलाई १५ वर्षकी मात्र भएको बताएकी छन्।’ प्रहरीले उनको नाम र ठेगाना गोप्य राखेको छ। घटनामा संलग्नलाई प्रहरीले जबरजस्ती करणी तथा कर्तव्य ज्यान मुद्दा चलाएको छ। उनीहरुको संलग्नता पुष्टि भए ३५ देखी ४० वर्षसम्म कैद हुन सक्ने प्रहरीको भनाइ छ।

२८ गते पनि सातदोबाटोमा बलात्कार घटना दर्ता भएको छ। जाहेरीमा कालिकोटका १९ वर्षीय दत्तबहादुर शाहीले रामेछापकी २२ वर्षीय युवतीलाई जबरजस्ती करणी गर्ने प्रयास गरेको उल्लेख छ। युवतीलाई आफ्नो कोठामा चिया खान बोलाएर आलटाल गर्दै राती १० बजाएको र घर जान खोज्दा चुकुल लगाएर बलात्कार प्रयास गरेको ती युवतीले जाहेरीमा उल्लेख गरेकी छन्।

२३ गते इमाडोल सानागाउँका ३९ वर्षीय अनिल नेमकुलले एउटी नाबालिकालाई जबरजस्ती करणी गरेका छन्। ती बालिकालाई उनले फकाइफुलाई प्रलोभनमा पारेर बलात्कार गरेको प्रहरीको भनाइ छ। महानगरीय प्रहरी परिसर जाउलाखेलले जनाएअनुसार असोज १७ गते पाटनढोकामा, असोज १ गते कोन्जोस्योम गाउँपालिकाको चौघरेमा बलात्कारका घटना भएका छन्। अन्य घटना भदौको अन्तिममा घटे पनि असोजमा दर्ता भएका हुन्।

नखीपोटमा र जाउलाखेलमा भदौ ३० गते, कोन्जोस्योमकै भारदेउ र चापागाउँमा भदौ २१ गते बलात्कारका घटना घटेका छन्। यी घटनाका लागि म्याद थप असोजमा भएको परिसरले जनाएको छ। परिसरका प्रमुख टेकप्रसाल राईले घटनामा संलग्न कसैलाई पनि नछाड्ने र दोषीले कुनै पनि हालतमा उन्मुतिm नपाउने बताएका छन्। पाटनढोका र ठैंव घटनामा संलग्न दुईजना बाहेक अन्य सबै पक्राउ परिसकेको प्रहरीले जनाएको छ। फरार दुईजनालाई पनि यथाशिघ्र पक्राउ गरी कारबाहीको दायरामा ल्याउने प्रहरीले बताएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.