दुई गोदाममा प्रहरीको छापा

दुई गोदाममा प्रहरीको छापा

सिरहा : सिरहाको सीमावर्ती भगवानपुर गाउँपालिका ४ का दुई गोदाममा प्रहरीले छापा मारेको छ। त्यहाँबाट १३ लाख ३६ हजार ५५८ रुपैयाँको मालसामान बरामद भएको छ।

इलाका प्रहरी कार्यालय लहानका डीएसपी भेषराज रिजालका अनुसार विषेश सूचनाको आधारमा प्रहरीले दुई गोदाममा छापा मारेको थियो। भारतीय बजारबाट भन्सार छलेर भण्डारण गरिएको सामान प्रहरीले बरामद गरेको उनले बताए। 

कपडा, जुता, किराना सामान र भाडा वर्तन फेला परेका छन्। बरामद गरिएको सामान ठाडी भन्सार कार्यालयमा बुझाइएको डिएसपी रिजालले बताए। चोरी, तस्करी नियन्त्रणमा सिरहा प्रहरीले शून्य सहनशीलता नीति अपनाएको उनको भनाइ छ।

सीमावर्ती क्षेत्र पुगेर प्रहरीले तस्करको गोदाममै छापामारी गरेको पहिलो घटना हो। तस्करले भारतीय बजारबाट सामान ल्याएर सीमा क्षेत्रमा भण्डारण गर्ने र पछि नेपाली बजारमा भन्सार छली गरी पुर्‍याउने गरेका थिए। 

यहाँका बजारमा भारतीय कपडा छ्यापछ्याप्ती पाए पनि कपडामा भन्सार शून्य बराबर कट्ने गरेको भन्सार कार्यालय ठाडीले जनाएको छ। प्रहरीले दिनहुँ तस्करीका सामान समात्न थालेपछि भन्सार असुली बढेको बताइएको छ। 

  
  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.