आर्थिक समृद्धि हासिल गर्न हातेमालो गरौं : नेपाल

आर्थिक समृद्धि हासिल गर्न हातेमालो गरौं : नेपाल

काठमाडौं : पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकको आर्थिक संमृद्वि हासिल गर्न गैरआवासीय नेपालीसँग हातेमालो गर्न आह्वान गरेका छन्। 

सञ्चार केन्द्र नेपालले आयोजना गरेको ‘संमृद्व नेपाल निर्माणमा गैरआवासीय नेपालीको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै नेकपा एमाले विदेश विभाग प्रमुखसमेत रहेका नेपालले स्वदेश तथा विदेशमा रहेका नेपालीले सहकार्य गर्नुपर्ने बताए।

कृषिको आधुनिकरण, व्यवसायीकरण र यान्त्रिकरण नगरी अर्थतन्त्र मजबुत बन्न नसक्ने उनले बताए। कृषि उद्योग, उद्योगधन्दा, कलखारखाना स्थापना गर्न सरकारले ध्यान दिनुपर्ने उनको भनाइ छ। ‘विदेशी लगानी भित्र्याउन सरकारले सेवा छिटोछरितो दिनसक्नुपर्छ’ उनले भने। 

गैरआवासीय नेपालीहरुले विदेशका आफ्ना उद्योगधन्दा तथा व्यवसायमा नेपालीलाई रोजगारीमा प्राथमिकता दिनुपर्ने उनको भनाइ छ। कमजोरी हटाउँदै राम्रा कुरा सिक्न सके देश विकास हुने उनले बताए।

आम्दानी हुँदा पनि नेपालमा काम गर्ने परिपाटी नभएको भन्दै वरिष्ठ नेता नेपालले स्वदेशमा प्रयाप्त रोजगारी सिर्जना गर्न लगानी आवश्यक भएको बताए। बाह्य लगानी जुटाउनका लागि सरकारले उपयुक्त वातावरण सिर्जना गर्नुपर्ने उनले बताए। लगानीकर्ताप्रति सरकारले चासो, सम्मान र महत्व दिनुपर्ने उनले बताए। 

कुनै समयमा वैदेशिक रोजगारीमा जाने प्रवृति चीन, कोरियामा भएपनि अहिले विदेशीलाई रोजगारी दिन सकेको भन्दै नेपालमा पनि त्यस्तो संभव भएको उनको भनाइ छ। 

  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.