प्रगतिनगरमा युवा समूहबीच गोली चल्यो

प्रगतिनगरमा युवा समूहबीच गोली चल्यो

नवलपुर : पूर्वी नवलपरासीको देवचुली नगरपालिका प्रगतिनगर बजारमा शनिबार राति गोली चलेको छ । प्रगतिनगरको एक होटल अगाडी स्थानीय युवाबीच भएको विवादले उग्ररुप लिएपछि गोली चलेको जिल्ला प्रहरी कार्यालयका उपरीक्षक मोहनप्रसाद पोखरेलले बताए । 

झगडा भएका अर्को पक्षलाई लक्षित गरी गोली प्रहार गरेपनि कसैलाई नलागेको प्रहरीले जनाएको छ । प्रहार गरिएको गोली मोटरसाइकलको ट्यांकीमा लागेको छ । घटनास्थलबाट गोलीको खोका बरामद भएको प्रहरी उपरीक्षक पोखरेलले बताए ।

गोली प्रहार गर्ने युवाको समूह फरार रहेकाले उनीहरुको खोजी भइरहेको प्रहरी उपरीक्षक पोखरेलले जानकारी दिए । दुईजना शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.