हत्या गरेको ३६ वर्षपछि फरार ३ अभियुक्त पक्राउ

हत्या गरेको ३६ वर्षपछि फरार ३ अभियुक्त पक्राउ

उदयपुर : ३६ वर्षअघि साथीको हत्या गरी फरार रहेका उदयपुरको चौदण्डीगढी नगरपालिका १ का तीनजनालाई प्रहरीले शनिबार पक्राउ गरेको छ। स्थानीय कमल राईलाई गोली हानी फरार रहेका चौदण्डीगढी १ का ६८ वर्षीय शोभितमान श्रेष्ठ, सोही ठाउँका ५२ वर्षीय प्रकाश माझी र ६१ वर्षीय दलबहादुर कार्कीलाई प्रहरीले लुकिछिपी बस्दै गरेको अवस्थामा फेला पारेको हो। 

२०४५ सालमा बाँदर लखेटने क्रममा असरमान माझीले चलाएको भरुवा बन्दुकले लागेर सँगै गएका कमलको ज्यान गएपछि उनीहरु फरार रहेको इलाका प्रहरी कार्यालय बेल्टारका प्रहरी निरीक्षक बुद्धी चौलागाईले बताए । 

उनीहरुलाई जिल्ला अदालत उदयपुरले मतियारको रुपमा प्रयोग भएको भन्दै २०४८ जेठ २० गते १५ दिनको कैद फैसला सुनाएको थियो । बन्दुक चलाएपछि वेपत्ता भएका माझी पनि केहि दिनपछि बिरामी परी ज्यान गएपछि फरार रहेका तीनजनाविरुद्ध मात्र मुद्दा चलेको थियो । 

जिल्ला अदालतले गरेका फैसला कार्यान्वयका लागि माथिल्लो निकायबाट आदेश आएपछि पुराना मुद्दा हेर्नेक्रममा यो मुद्दालाई व्युँत्याएको इन्स्पेक्टर चौलागाईले बताए । उनले विगतमा गरेका गल्ति कमजोरीलाई प्रहरीले हेर्दैन भन्ने कतिको सोच छ, त्यो सोचको अन्त्य गर्न र कानुनी राज्यलाई स्थापित गर्न पनि मुद्दा व्युँत्याइएको बताए ।

पक्राउ परेका तीनैजनालाई प्रहरीले पक्रिया पुरा गरी आइतबार अदालतमा बुझाएको इन्स्पेक्टर चौलागाईले बताए ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.