तिब्बती व्यापार मेलाबाट साढे ५ लाख

तिब्बती व्यापार मेलाबाट साढे ५ लाख

जोमसोम : उत्तरी चीनको स्वशासित क्षेत्र तिब्बती व्यापार मेलाबाट साढे ५ लाख राजश्व संकलन भएको मुस्ताङ भन्सार कार्यालयले जनाएको छ ।

चालु वर्षको भन्सार लक्ष्य अनुसार ३३ प्रतिशत राजश्व संकलन भएको भन्सार प्रमुख यादवराज पहाडीले जानकारी दिए । चालु वर्षको पहिलो व्यापार मेलामा १६ लाख राजश्व संकलन गर्ने लक्ष्य भए पनि व्यापार मेला ढिलो गरी सञ्चालन भएकाले राजश्वमा यथेस्ट प्रगति हुन नसकेको भन्सार प्रमुख यादवको भनाइ छ ।

उनका अनुसार १५ दिनसम्म हुनुपर्ने व्यापार मेला एक सातामै सकिएकाले राजश्व बृद्धि नभएको बताए । ‘व्यापार मेला ढिलोे भयो, सबैले सामान बेशीबाट खरिद गरे । कतिपय स्थानीय बेशी झरिसके, यसैले लक्ष्यभन्दा राजश्व कम भयो,’ भन्सार प्रमुख यादवले भने ।

हरेक वर्ष असार र भदौमा हुने व्यापार मेला चिनियाँ पक्षले सुरक्षाको कारण डेढ महिना ढिलो गरी सञ्चालन गरेको हो । यसअघि व्यापार मेलाका लागि स्थानीय प्रशासन, भन्सार र लोमान्थाङका सरोकारवालाले चिनियाँ पक्षलाई आग्रह गरेका थिए ।

मुस्ताङ भन्सार कार्यालयका प्रमुख यादवराज पहाडीले व्यापार मेला ढिलो भएकाले राजश्वमा सुधार नभएको बताए । उनका अनुसार चालु वर्ष १६ लाख राजश्व संकलन गर्ने भन्सार लक्ष्य थियो । गत वर्ष जिल्ला भन्सार कार्यालय लक्ष्य भन्दा १८ प्रतिशत राजश्व संकलन गरेको थियो ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.