बन्द भएको ४ वर्षपछि विद्युतगृह संचालनमा

बन्द भएको  ४ वर्षपछि विद्युतगृह संचालनमा

लुलाङ(म्याग्दी) : धवलागिरी गाउँपालिका २ लमसुङकी होममाया पुनको दैनिकी फेरिएको छ । मोबाइलमा चार्ज नभएर कुराकानी गर्न नपाउने, उज्यालोका लागि सोलार र टुकी बाल्नुपर्ने बाध्यताबाट मुक्ति पाएकोमा पुन दंग छिन् ।

'बिजुली भएपछि मोबाइल चार्ज गर्न, टिभि हेर्न, रेडियो सुन्न र बालबच्चालाई पढ्नलाई सजिलो भएको छ,' पुनले भनिन् 'बिजुली हुँदा र नहुँदा आकाश जमिनको फरक छ।' २०७२ साउनमा जुगेपानीमा आएको पहिरोले विद्युतगृह र नहर बगाएर बन्द भएको दरखोला दोस्रो लघु जलविद्युत परियोजना पुनःनिर्माण भएपछि लुलाङबासीमा खुसीयाली छाएको छ ।

एक करोड ५२ लाख रुपैयाँको लागतमा पुननिर्माण भएको ४२ किलोवाटको परियोजनाबाट लुलाङ, खोरीया, मेरनी र लमसुङका ३६५ घरधुरी लाभान्वित भएका उपभोक्ता समितिका सचिव लालबहादुर खड्काथोकीले बताए । 

'वैकल्पिक उर्जा प्रर्वद्धन केन्द्रले ८५ लाख र धवलागिरी गाउँपालिकाले पचास लाख रुपैयाँ सहयोग गरेका थिए,' खड्काथोकीले भने, 'प्रतिघर उपभोक्ताले दश दिनका दरल श्रमदान गरेका छन् ।'
 
घरायसी काम, विद्यार्थीको पठनपाठन र विद्युतबाट चल्ने उपकरणमा आधारीत साना उद्योग सञ्चालन गर्न सहज भएको स्थानीय केशर पुर्जाले भने । 'बिजुली भएपछि बन्द भएको नेपाली कागज उद्योग पुनःसञ्चालनमा ल्याउने तयारीमा छौ,' उनले भने । 

म्याग्दी जिल्लामा सबैभन्दा धेरै दलित समुदायको बसोबास भएको वडा लुलाङमा नेपाली कागज, आरन, पाउरोटी जस्ता उद्योग छन् । उपभोक्ता समितिका अध्यक्ष टेकबहादुर पुर्जाले परियोजना सञ्चालन भएपछि गाउँ झिलीमिली भएको र गाउँलेमा खुसीयाली छाएको बताए । 

'बाँध, नहर, विद्युतगृह नयाँ ठाउँमा बनाइएको छ । पुराना काठका जोखिमयुक्त पोल फेरिएको छ,'पुर्जाले भने, 'मुख्य र वितरण लाइनको तार पुरानै हो । २५ मेगावाटको परियोजनाको क्षमता बढाएर ४२ बनाइएको हो ।'

खबाङको दोभानमा बाँध बनाइएको छ । ७२५ मिटर लामो पाइपलाइन मार्फत ल्याइएको पानीलाई ६२ मिटर अग्लो हेडबाट विद्युतगृहमा खसालेर बिजुली उत्पादन गरिएको छ । ८६ मिटर फलामे र ६६३ मिटर प्लाष्टिक पाइप जडान भएको छ ।

मरेनीको फेदी र दरखोलाको किनारमा विद्युतगृह बनाइएको छ । भौगोलिक विकटता र यातायातको असुबिधाका कारण लुलाङ घर भई हाल काठमाडौमा ब्यवसाय गर्दै आएका कलीराम पुर्जाको सहयोगमा हेलिकप्टरबाट जेनेरेटर र टर्वाइन ढुवानी गरिएको थियो । 

परियोजनाको आइतबार उद्घाटन गर्दै प्रतिनिधिसभा सदस्य भुपेन्द्रबहादुर थापाले लुलाङमा केन्द्रीय प्रशारण लाइनको समेत विस्तार गर्न लागिएको बताए । गाउँपालिकाका अध्यक्ष थमसरा पुनले लघुजलविद्युतको प्रयोग गरेर आयआर्जन र उत्पादनमुलक उद्यम व्यवसाय सञ्चालन गरेर आत्मनिर्भर बन्न सुझाव दिइन् । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.