दश करोड लगानीमा रेसुंगामा रिसोर्ट बन्दै

दश करोड लगानीमा रेसुंगामा रिसोर्ट बन्दै

गुल्मी : गुल्मीको पवित्र धार्मिक एवं पर्यटकीय तिर्थस्थल रेसुंगामा पौराणिक आकृतिले सजिएको अन्तर्राष्ट्रियस्तरको रिसोर्ट निर्माण हुने भएको छ । सदरमुकाम तम्घास बजारदेखि रेसुङ्गामा रिसोर्ट निर्माणका लागि रेसुङ्गा नगरपालिका र पौवा होटल प्रालबीच सम्झौता भएको हो ।

पौवा होटल प्रालिले दश करोड रुपैयाँ लगानीमा रिसोर्ट संचालन गर्ने सम्झौता भएको छ । रिसोर्ट संचालनमा आएपछि रेसुङ्गा पुग्ने पर्यटकको संख्यामा उत्साहजनक रुपमा वृद्धि हुने आशा गरिएको छ ।

नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी प्रालि र नगरपालिकाबीच सम्झौता भएको हो। नगरप्रमुख डिल्लिराज भुसाल र होटल पौवा प्रालिको तर्फबाट प्रबन्ध निर्देशक बिष्णुप्रसाद ज्ञवालीले हस्ताक्षर गरेका छन् । 

२०७६ साल कात्तिकबाट २१०१ असोज मसान्तसम्म २५ वर्षसम्मका लागि जग्गा 'लिजमा' लिनेगरी सम्झौता भएको नगर प्रमुख भुसालले बताए ।  प्रालिले नगरपालिकाकै स्टिमेट तथा डिजाइनमा हाल भइरहेको संरचनामा तीन तलाको भवन निर्माण गर्ने सहमति भएको छ । प्रालिले रेसुङ्गा पोखरी क्षेत्र नजिकै करिब ३० रोपनी क्षेत्रफलको जग्गामा उपभोग गर्न पाउने भएको छ । 

प्रालिले रिसोर्ट निर्माण अवधिको पहिलो चार वर्ष नगरपालिकालाई भाडा बुझाउनुपर्ने छैन् । त्यसपछि पाँच वर्षका लागि प्रति वर्ष ५० हजार, पुनः पाँच वर्षका लागि ७५ हजार र त्यसपछिको दश वर्ष अवधिका लागि वार्षिक एक लाखका दरले भाडा बुझाउने र पहिलो पक्षलाइ निर्माण गरिएका संरचना हस्तान्तण गर्ने सम्झौतामा उल्लेख छ ।
  
पौवा होटल प्रालिका प्रवन्ध निर्देशक बिष्णुप्रसाद ज्ञवालीले आफ्नो जन्मथलो गुल्मी भएकाले आफ्नै जन्मथलो र रेसुङ्गाको पुण्यभूमीमा लगानी गर्न पाउँदा खुसी लागेको बताए ।रेसुङ्गाको शिखरमा त्रेतायुगमा अयोध्याका राजा दशरथका राजकीय ऋषि ऋष्यश्रृंगले तपश्या गरेको र आध्यत्मिक महत्व रहेको जनश्रुति छ । यस क्षेत्रमा धार्मिक र सांस्कृतिक महत्वका स्थलहरु समेत छन् ।

धागीथुम, रामकुण्ड, सिद्धस्थान, अर्जुनडाँडा, महापोखरी, यज्ञशाला, गौशाला, साउने शिवालय, जस्ता धार्मिकस्थल रेसुंगा संरक्षित वनक्षेत्र भित्र पर्दछन् ।यहाँ विभिन्न अवसरमा परम्परागत मेला लाग्ने गर्दछन्। रेसुङ्गा संरक्षित वनको उच्च स्थानमा धवलागिरिदेखि मनास्लुसम्मको हिमश्रृंखलालगायत नौ जिल्लाको दृश्यावलोकन गर्न सकिने भ्यू टावर निर्माण गरिएको छ । 

रेसुंगामा सदरमुकाम तम्घासबाट करिब ३० मिनेट गाडिको यात्रापछि पुग्न सकिन्छ । विगतका वर्षदेखि रेसुंगामा गाडी पुग्न थालेका छन् । हाल तम्घास रेसुंगा सडक कालोपत्रे गर्ने काम भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.