सीएमसीमा तोडफोड

सीएमसीमा तोडफोड

चितवन : भरतपुरको चितवन मेडिकल आइतबार साँझ तनाबग्रस्त बन्यो। उपचारका लागि अस्पताल आएका बिरामी भागाभाग गरे। प्रर्दशनकारी र प्रहरीबीच अस्पताल परिसरमै ढुंगा हानाहान भयो। भीड नियन्त्रणका लागि चालिस सेल अ श्रुग्यास प्रहार भयो। प्रदर्शनाकारीले हानेको ढुंगाका कारण अस्पतालको अति सघन कक्ष (आईसीयु), पोस्ट अपका झ्यालका सीसा फुटेका छन्। उपचारका क्रममा बिरामीको मृत्यु भएपछि चितवन मेडिकल कलेजमा तोडफोड भएको हो।

नवलपुरको मध्यविन्दु नगरपालिका–९ की ३२ वर्षीया आशा ज्ञवालीको शनिबार साँझ मृत्यु भएपछि आफन्तले प्रदर्शन गरेका हुन्। अस्पतालको मुख्य प्रवेशद्वार, राजमार्ग छेउको गेटमा तोडफोड भएको छ। चिकित्सकको लापरवाहीका कारण आशाको ज्यान गएको पारिवारको आरोप छ। अस्पताल प्रशासन र मृतकका परिवारबीच वार्ता भइरहेका बेला बाहिर तोडफोड भएको हो।

नाक भित्र मासु पलाएपछि गत सोमबार उनको शल्य शल्यक्रिया भएको थियो। मासु पलाएका कारण त्यसले उपचार अघि नै संक्रमण भएको अस्पतालले जनाएको छ। पहिलै देखिएको संक्रमणले शल्यक्रियापछि थप जटिलता भएर त्यसले श्वास प्रस्वासमा समस्या आएको अस्पतालको भनाइ छ। चिकित्साशास्त्रको भाषामा त्यसलाई ‘सेप्टिक सक’ भनिन्छ। पिसाब ननिस्केपछि मिगौलाको तीन पटक डायलासिस गरी पिसाब निस्कासन गरिएको थियो। ‘परिवारका सदस्यलाई जटिलताको विषयमा बारम्बार जानकारी गराउँदै उपचार गरिएको थियो’, अस्पतालका अप्रेसन म्यानेजर पारस अधिकारीले भने, ‘मृत्युपछि सबै स्पष्ट पारेपछि केही गुनासो छैन भन्नुभयो। पछि एक्कासी वार्गेनिङ गरी तोडफोड गरियो।’

मृतकका आफन्तले अस्पतालको चरम लापरवाही भएको आरोप लगाएका छन्। सामान्य शल्यक्रिया भनेर भित्र लगेको बिरामीको लापरवाहीबाट मृत्यु भएको आफन्त कुमार सिग्देलले बताए। ‘सामान्य अंग काटेर फाल्न भनेर लगिएको बिरामीको लापरवाहीबाट मृत्यु भएको हाम्रो भनाइ हो’, सिग्देलले भने, ‘एकपछि अर्को समस्या देखाउँदै घटना लुकाउन खोजिएको आसंका गरेका छांै।’

बिरामीको मृत्युपछि अस्पताल प्रशासन र बिरामीका आफन्तबीच शनिबार साँझ नै वार्ता भएको थियो। औषधि उपचार खर्च मिनाहा गर्नुपर्ने माग गरेका थिए। वार्ता भइरहँदा शनिबार राति नै अस्पतालमा ढुंगा हानेपछि वार्ता रोकिएको थियो। अस्पतालले घटनाको विषयलाई लिएर डा. गोपेन्द्रप्रसाद देवको संयोजकत्वमा पाँच सदस्यीय आन्तरिक छानबिन समिति गठन गरेको थियो।

आक्रोशित भीडको आक्रमणमा परी पाँचजना प्रहरी घाइते भएका छन्। हुलदंगा नियन्त्रणका लागि प्रहरीले चालिस सेल अ श्रुग्याँस प्रहार गरेको थियो। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले १२ जनालाई नियन्त्रणमा लिएको डीएसपी एकनारायण कोइरालाले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.