मुख्यमन्त्री कार्यालयका कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा

मुख्यमन्त्री कार्यालयका कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं : प्रदेश-२का मुख्यमन्त्रीको कार्यालयका सहायक पाँचौ मनोजकुमार झाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ। रौतहट जिल्लाको विभिन्न गाविसमा अर्धसरकारी अनुदान रकम तथा सामाजिक सुरक्षा भत्ता, स्थानीय पूर्वाधार विकास निर्माणको रकम दुरुपयोग भई भ्रष्टाचार र अनियमितता  गरेको आरोपमा उनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो। 

साविक हथियाही गाविसका सचिव रहदा  पेश्की लिई वदनियतपूर्वक फछर्यौट नगरेको, चालु तथा पुँजीगत खर्च जथाभावि आफूखुसी खर्च लेखी  ३ लाख ५९  हजार बराबर हिनामिना, हानिनोक्सानी  तथा दुरुपयोग गरेको देखिएको पुष्टि भएको अख्तियारको दाबी छ। त्यस्तै साविक हथियाही गाविसका कार्यालय सहायक एवं हाल कटहरिया नगरपालिका -८ का वडा सचिव कदिरवावु देवानविरुद्ध मुद्दा दायर गरिएको छ। 

साविक हथियाही गाविसको चालु तथा पुँजीगत खर्च जथाभावि खर्च लेखी, भ्रमण खर्च, पेश्की लिई फछर्यौट नगरी, सामाजिक सुरक्षा भत्ताको रकम आफैले बुझिलिई १२ लाख ५६ हजार सार्वजनिक सम्पत्तीको हिनामिना, हानिनोक्सानी दुरुपयोग गरेको देखिएकोले पुष्टि भएको दाबी छ। उनीहरुविरुद्ध भ्रष्टाचार निवारण ऐन  बमोजिम सजाय गरी हानिनोक्सानी भएको विगो असुलउपरको मागदाबीसहित विशेष अदालत आरोप पत्र दायर गरिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.