नेकपा नेता भन्छन् : मन्त्री महासेठ छिटै जेल जान्छन्

नेकपा नेता भन्छन् : मन्त्री महासेठ छिटै जेल जान्छन्

जनकपुरधाम : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का एक नेताले भौतिक पुर्वाधार तथा यातायातमन्त्री रघुबीर महासेठ भ्रष्ट्राचारको कसुरमा छिटै जेल जाने ठोकुवा गरेका छन्। नेकपा नेता रामचन्द्र झाले यस्तो ठोकुवा गरेका हुन्।

‘सम्पत्ति शुद्धिकरणमा मन्त्री महासेठले गरेको भ्रष्टाचारको जालोको पर्दाफास हुन्छ, ठुलाबडा समेत जेलमा रहेकाले महासेठ जादैनन् भनेर दम्भ देखाउनु गलत हो’, झाले भने,‘छिट्टै उनी जेल जीवन बिताउन तयार भए हुन्छ।’

धनुषाको महेन्द्रनगरमा मंगलबार आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोन्दै नेकपा नेता रामचन्द्र झाले मन्त्री महासेठका कारण सरकार बदनाम भएको चिन्ता व्यक्त गरे। अहिलेको सरकारले राम्रो काम गरेपनि मन्त्री महासेठले विकास निर्माणको काममा राम्रो नगरेको दाबी नेता झाको छ। झाका अनुसार मन्त्रालय अन्तर्गत निर्माण भएका संरचनाहरु तुरुन्तै भत्किन थालेकाले सरकारको आलोचना हुन थालेको उनले बताए। 

त्यस्तै उद्योग वाणिज्य तथा आपूर्तीमन्त्री मातृकाप्रसाद यादवले नेकपामा पुँजीवादी र अपराधिकरण बढेको बताएका छन्। संगठन विधि र विधानलाई बेवास्ता गर्दै मन्त्री र पहुँचवाला नेताहरु सत्ता, शक्तिको दुरुपयोग गरी धन आर्जनतर्फ लागेको आरोप मन्त्री यादवले लगाए। 

‘काम गरेर कम्युनिस्ट बनौं, नामको लागि मात्र होइन, त्यसैले काम गरेर कम्युनिस्ट बन्नुपर्छ र जनताको लागि लडार्इँ लड्नुपर्छ, अनि मात्र कम्युनिष्ठ भइन्छ’, उनले भने। 

अध्यक्ष प्रचण्डले कहिलेकाहीँ ओली सरकार भन्दै गर्ने टिप्पणीमाथि पनि मन्त्री यादवले आपत्ति जनाए। ‘अध्यक्ष प्रचण्डले ओली सरकार भनेको सुन्दा अचम्म लाग्छ, सरकार नेकपा हो कि ओलीको?’, उनले प्रश्न गरे। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.