जोमसोम-पोखरा हवाई सेवामा सहुलियत टिकट

जोमसोम-पोखरा हवाई सेवामा सहुलियत टिकट

जोमसोम: मुस्ताङबाट निर्वाचित संघीय सांसद प्रेमप्रसाद तुलाचनको पहलस्वरुप जोमसोम-पोखरा हवाई उडानमा स्थानीय तथा राष्ट्र सेवक कर्मचारीलाई टिकट आरक्षणको व्यवस्था मिलाइएको छ। यसका लागि सांसद तुलाचन र एयरलाइन्स कम्पनीसँग भएको सहमतिपछि जोमसोम-पोखरा दैनिक उडानमा ४ वटा सहुलियत टिकटको व्यवस्था गरिएको सांसद तुलाचनले जानकारी दिए । 

तारा एअरलाइन्स कम्पनीले जोमसोमदेखि पोखराका लागि अब दैनिक तेश्रो उडानमा नियमित स्थानीय बासिन्दा र यहाँ कार्यरत कर्मचारीलाई २ वटा टिकट आरक्षणको व्यवस्था मिलाउन पत्राचार समेत गरेको हो। कम्पनीले गत असोज १० गते टिकट आरक्षण व्यवस्था कार्यान्वयन गराउन सांसद तुलाचनको नाममा पत्रचार गरेको थियो ।

एअरलाइन्सको पत्रमा उडान भर्ने दिनको अघिल्लो दिन दिउँसो २ बजे सम्ममा स्थानीय तथा कर्मचारी यात्रुको जानकारी दिनुपर्ने उल्लेख गरेको छ। यस्तै, सुमिट एयरलाइन्स कम्पनीले पनि जोमसोम-पोखरा दैनिक दोश्रो हवाई उडानमा स्थानीयबासी र यहाँ कार्यरत कर्मचारीलाई २ वटा सहुलियत हवाई टिकटको व्यवस्था मिलाउने जनाएको छ। सांसद तुलाचनको नामा सुमिट एयरलाइन्सले लेखेको पत्रमा यात्रु जानकारीका लागि अघिल्लो दिनको दिउँसो २ बजे जानकारी गराउनुपर्ने जनाएको छ। 

एयरलाइन्ससँग भएको सम्झौतासँगै अब जोमसोम-पोखरा हवाई उडानमा स्थानीय र कर्मचारीलाई ४ वटा सहुलित टिकटको व्यवस्था भएको सांसद प्रेमप्रसाद तुलाचनले जानकारी दिए। सांसद भौगोलिक विकटता भएको मुस्ताङ जिल्लामा बसोबास गर्ने स्थानीय बासिन्दा र यहाँ कार्यरत कर्मचारीको मर्म र भावना अनुरुप हवाई सुविधाका लागि पहल गरेको बताए। उनले प्राप्त सुविधाबाट स्थानीय र कर्मचारी लाभान्वित हुने दावी गरे ।

एयरलाइन्सको सहुलियत हवाई टिकट आरक्षण व्यवस्था गराउन सम्बन्धित दुबै कम्पनीका जोमसोम शाखा ,जोमसोम नागरिक उड्ययन र स्थानीय प्रशासनलाई समेत पत्राचार गरेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्यालले जानकारी दिए । उनले सम्झौता कार्यान्वयन भएको नभएको नागरिक उड्डयन र प्रशासनले अनुगमन गर्ने बताए ।

धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा तारा र सुमिट एयरलाइन्स गरी २ वटा निजी कम्पनीले उडान भर्दै आइरहेका छन् भने नेपाल वायु सेवा निगमले सेवा प्रवाह गर्न सकेको छैन। मुस्ताङ भ्रमण तथा राउन्ड अन्नपूर्ण गर्ने विदेशी पर्यटकले हवाई सेवा प्रयोग गर्ने गरेका छन् । 

निजी एयरलाइन्सले विदेशी पर्यटकका लागि १ सय २५ अमेरीकी डलर र भारतीय पर्यटकका लागि ५ हजार भारु हवाई भाडा तोकेको छ । एयरलाइन्सले नेपालीका लागि २ थरीको टिकट उपलब्ध गराउने गरेको छ । जसमा सहुलियत नेपाली हवाई भाडादर ३ हजार ६० र अर्को ४६ सय रुपैयाँ तोकेको छ ।  विदेशी ,भारतीय र नेपालीबीचको समान हवाई भाडा दर नभएकाले नेपाली हवाई यात्रु टिकट प्राप्त गर्न बञ्चित हुनु परेको थियो । 

टिकट आरक्षण पछि नेपाली यात्रु , स्थानीय र कर्मचारीलाई राहत पुगेको हो। यस्तै सहुलियत हवाई सेवाले आकस्मिक उपचारका लागि समेत सजिलो भएको छ ।जोमसोम-पोखरा १ सय ६० किमी र कच्ची सडक भएको र हवाई सेवामा टिकटको व्यवस्था नहुँदा उपचारका लागि स्थानीयले सास्ती भोग्दै आइरहेका थिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.