ललितपुरमा ५०० रोपनीको गाँजाखेती नष्ट, स्थानीय भन्छन्,'पेट भर्ने बाटो नै यही !'
ललितपुर : प्रहरीले ५०० रोपनीमा लगाइएको गाँजा नष्ट गरेको छ। महालक्ष्मी र गोदावरी नगरपालिकाको सिमानामा लगाइएको गाँजा ललितपुर प्रहरीले बुधबार नष्ट गरेको हो।
ललितपुरका सीडीओ भागिरथ पाण्डेय, महानगरिय प्रहरी परिसर जाउलाखेलका प्रमुख एसएसपी टेकप्रसाद राई र अन्य २०० प्रहरीसहितको टोली आज बिहान त्यहाँ पुगेको थियो।
ठुलो मात्रामा गाँजा लगाइएको सूचना पाएपछि प्रहरी त्यहाँ पुगेको एसएसपी राईले बनाए। उनका अनुसार यो क्षेत्रको ५०० रोपनी जमिनमा गाँजा लगाइएको अनुमान प्रहरीले गरेको छ।
वन्यजन्तुले बालिनाली लगाउन नदिएपछि गाँजा हुर्काउन वाध्य भएको स्थानीय ठुली तामाङले बताइन्। ‘मुठाको डेढ देखि दुईसयमा बिक्रि हुन्छ’, ठुलीले भनिन्,‘हाम्रो पेट भर्ने बाटो नै यही हो।’ सिडियो पाण्डेयले भने कानूनले निषेध गरेको कामलाई प्रशासनले रोक लगाउनु बाहेक अन्य विकल्प नभएको बताए।