पशुपति आर्यघाट : डेढ घण्टा शव जलाउन रोक लगाएपछि घाटेको सुविधा बढ्यो

पशुपति आर्यघाट : डेढ घण्टा शव जलाउन रोक लगाएपछि घाटेको सुविधा बढ्यो

काठमाडौं : पशुपति आर्यघाटमा शव जलाउनेको ९ वर्षपछि सेवा सुविधा बढेको छ। बुधबार डेढ घण्टा शवदाहको कार्य रोकेपछि घाट सेवा केन्द्रका कर्मचारीको सेवा सुविधा बढेको हो।

केन्द्रका कर्मचारी आन्दोलित भएपछि पशुपति क्षेत्र विकास कोषका पदाधिकारी र केन्द्रका प्रतिनिधिबीच सहमतिका लागि वार्ता भएको थियो। वार्तामा कर्मचारीको सेवा सुविधा वृद्धि गर्ने सहमति भएको पशुपतिका सामुदायिक महाशाखाका प्रमुख राजु रेग्मीले बताए। घाट सेवा केन्द्रमा करिब ५० कर्मचारी कार्यरत छन्।

केन्द्रका कर्मचारीलाई शव जलाए बापत र औषधि उपचारका लागि मासिक तलब बढाएको प्रमुख रेग्मीले बताए। ‘एउटा शव जलाए बापत पाउने १२ सय बाट १५ सय रुपैंया पु¥याएका छौं’, उनले भने, ‘औषधि उपचार खर्च पाँच हजारबाट १५ हजार रुपैयाँ बनाएका छौं।’

पशुपति आर्यघाटमा शव जलाउने कार्य गर्दै आएका वासुदेव खरेलले सेवा सुविधा बढेकोमा खुसी व्यक्त गरेका छन्। ‘कोष र केन्द्रबीच भएको सहमतिले राहत दिएको छ’, खरेलले भने, ‘लामो समयदेखि सेवा सुविधा नबढ्दा हामी मर्कामा परेका थियौं।’ तिहारपछि सहमति कार्यन्वयन गर्ने कोषले जनाएको छ।

केन्द्रका कर्मचारीले आन्दोलन घोषणा गर्दा शव दाहलाई नरोक्न विद्युतीय शव दाहका दुई मेसिन प्रयोगमा ल्याइएको थियो। यसअघि एउटा मात्र मेसिन प्रयोग हुँदै आएको थियो।

कोषले केन्द्रसँग गरेको सहमतिमा अवकास पाउँदा, सो इच्छाले छोडेमा र छोड्न भनिएमा उपदानमार्फत पाँच लाख रुपैंया पाउने सहमति भएको छ। 

यो भन्दा अगाडि उपदानमार्फत डेढ लाख मात्र पाउने व्यवस्था थियो। साथै दुर्घटना बिमा मार्फत २ लाख दिने समेत सहमति भएको छ। दुवै पक्षबीच सहमति भएसँगै आन्दोलनरत पक्षले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएका छन्।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.