शिक्षक नियुक्तिमा भ्रष्टाचार, प्रअसहित ५ जनाविरुद्ध मुद्दा
काठमाडौँ : नेपाल राष्ट्रिय आधारभूत विद्यालय, वीरगञ्ज महानगरपालिका-३१ बेहवा प्रसौनी पर्साका प्रधानाध्यापक सचिन्द्रकुमार कापर सहित ५ जनाविरुद्ध अख्तियारले मुद्दा दायर गरेको छ ।
सेवाग्राहीसँग १ लाख घुस लिएको भन्दै उनीहरुविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो । अनुसन्धानको सिलसिलामा आधार प्रमाण र कारणबाट करारमा शिक्षक नियुक्ती गरिदिने भनी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जमिल मियाँ अन्सारी, सदस्यहरु ईलियास मियाँ अन्सारी, जमिल मियाँ तथा सहायक प्रधानाध्यापक मनिर मियाँको निर्देशन, सल्लाह तथा सहमतिमा अवस्थामा प्रअ कापरले घुस लिएका थए ।
प्रधानाध्यापक कापर, सहायक प्रधानाध्यापक मियाँ, विद्यालय व्यवस्थापन समिति अध्यक्ष जमिल मियाँ अन्सारी समेत फरार छन् । उनीहरुविरुद्ध भ्रष्टाचार निवारण ऐन बमोजिम सजायको मागदाबीसहति विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।