१३ वर्षमै ‘पुरोहित’

१३ वर्षमै ‘पुरोहित’

धनकुटा : उमेरले १३ वर्ष मात्रै पुगेका छन्, महालक्ष्मी नगरपालिका ४ चानुवाका टुवराज कोइराला। हरेक कर्मकाण्डमा पोख्त, परिपक्व पुरोहितले गर्ने कार्य जस्तै पोख्त छन् उनी। गाउँघर कतैबाट जजमानी गर्नुपरे उनैलाई पहिलो निम्तो आउँछ। प्राय सबै ठाउँमा उनी नै पुग्छन्।

निम्ता आएका घरमा गई उनी अग्रज तथा परिपक्क पण्डितले झैं कर्मकाण्ड गर्छन्। संखुवासभाको मादीमा रहेको पुण्य हरिकुलमा उनी संस्कृत पढिरहेका छन्। भविष्यमा दक्ष प्रवचन गर्ने नामी पण्डित बन्ने धोको रहेको उनले बताए। घरमा हजुरबुबा र बुबाले गर्दै आएको पुरोहित कार्य देखेर आफूलाई पनि रहर जागेको उनको भनाइ छ। चानुवास्थित सरस्वती माध्यमिक विद्यालयमा कक्षा ४ सम्म पढेर उनी संस्कृत पढ्न मादी गएका हुन्।

त्यहाँ पढ्न थालेको तनि वर्ष बढी भइसकेको छ। त्यहाँ वेद, रुद्री, चण्डी, गिता पास गरिसकेका छन्। अहिले कर्मकाण्ड पढ्दैछन्। अत्येष्टि कर्म (मृत्यु हुनु अघि र पछिको संस्कार), श्राद्ध, वेद पाठ, रुद्री, सत्यनारायण पूजा, चण्डी पाठ, विवाह, ब्रतबन्धका लगायतका सबै काम सजिलै गर्नसक्ने बुबा गायत्री कोइराला बताउँछन्। गुरूकुलमा छुट्टी भएका बेला उनी घर आउँछन्। घर आउँदा एकछिन खाली हुँदैनन्।

चानुवास्थित दिपक बुढाथोकीको घरमा श्राद्ध गर्दै।

दैनिक तीन/चारवटा घरसम्म कर्मकाण्ड गर्न पुग्ने गरेको बुबा गायत्रीले बताए। टुवराजका कान्छा भाई यज्ञराज कोइराला पनि साउन २८ गतेदेखि गुरूकुलमा अध्ययन गरिरहेका छन्। चानुवाका समाजसेवी दिपक बुढाथोकी टुवराजमा भविष्यमा प्रख्यात पण्डित बन्ने क्षमता रहेको बताए। उनले भने, ‘घरमा श्राद्ध तीथिमा पुरोहितको रूपमा टुवराज आएको देख्दा छक्क परेँ। विश्वास नै लागेको थिएन। पछि कर्मकाण्ड गर्दै जाँदा ठूलो पण्डितले गरेभन्दा कम थिएन।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.