कम्युनिस्ट एकताको कुरा हुँदै थियो मदनको ‘हत्या’ भयो : प्रचण्ड (भिडियो )

कम्युनिस्ट एकताको कुरा हुँदै थियो मदनको ‘हत्या’ भयो : प्रचण्ड (भिडियो )

काठमाडौं : नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मदन भण्डारीको हत्या भएको बताएका छन्। शुक्रबार नेकपा मोरङले गरेको सांस्कृतिक चाडपर्वको शुभकामना तथा चियापान कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले कम्युनिस्ट एकताको कुरा गर्दागर्दै मदनको हत्या भएको खुलासा गरेका हुन्। 

‘२०४६ सालपछि एमाले र एकता केन्द्रलाई मिलाउनुपर्छ भन्नेकुरा मसँग थियो र मित्र मदन भण्डारीसँग पनि थियो। हामीले एमाले र एकता केन्द्र मिलाउन सकिन्छ कि सकिदैन भनेर एकपल्ट एजेन्डामै बसेर छलफल गर्ने निधो गर्यौँ। कार्यक्रम पनि तय भयो। खानेकुराको लिस्ट पनि बनाइयो। ती मान्छे अहिले पनि जीवित छन् ललितपुरमा। तर, दुर्भाग्य त्यो भन्दा अगाडि नै मदन भण्डारीको अवशान भयो। उहाँको हत्या भयो।’ त्यो दिन आउँदै आएन’, प्रचण्डले इतिहासको त्यो घडी सम्झदै भने, ‘त्यो दिन आएको भए के हुन्थ्यो होला भनेर मैले सोच्छु। त्यो दिन आएको भए मदन भण्डारी पनि सिर्जनशील ढंगले सोच्ने म पनि नयाँ ढंगले सोच्ने भएकाले मिल्न सक्थ्यौँ।’ 

प्रचण्डले त्यो एकता भएको भए लेनिनले भनेजस्तै इतिहासलाई ५० वर्ष अगाडि बढाउन सकिने कुरा उल्लेख गरे। ‘लेनिनले भन्नु भएको छ, ‘नेताले सही समयमा सही निर्णय लिए भने इतिहास सय–५० वर्ष अगाडि ल्याउन सक्छान्। नेताले गलत निर्णय लिए भने सय वर्ष पहिला हुने काम सय वर्ष पछि पनि जान्छ।’ यो उहाँले धेरै अनुभवबाट भन्नु भएको हो’, प्रचण्डले भने, ‘आज लाग्छ उहाँ (मदन)सँग एकताका लागि वार्ता भएको भए टुंगोमा पुग्थ्यो।’ 

उनले सबैलाई आफूलाई मदन भण्डारीसँग दाँजेर हेर्नसमेत आग्रह गरेका छन्। ‘मदन भण्डारीको विकासको संयोग र प्रचण्डको विकासको संयोगमा के समानता थियो के थिएन भन्ने बारेमा तपाईंहरुले विचार गरिदिनुहोला’, प्रचण्डले थपे, ‘त्यसो भएमा मदन भण्डारीलाई बुझ्न पनि प्रचण्डलाई बुझ्न पनि र अहिलेका नेता केपी ओली र अन्य नेतालाई बुझ्न पनि सजिलो हुन्छ भनेर सबै कमरेडलाई भन्न चाहन्छु।’
 
प्रचण्डले अहिले नेकपाको एकता विचार मिलेर भएको प्रष्ट पारे। ‘यो एकता विचार नमिलेर भएको होइन विचार मिलेर भएको हो। एमालेको  नवौँ  महाधिवेशनको लाइन, माओवादीको हेटौँडा महाधिवेशन र पछि एकता अधिवेशनको डकुमेन्टका आधारमा एकता भएको हो’, प्रचण्डले भने, ‘एउटाले संघर्षमा जानुपर्छ भनेको भए र अर्कोले शान्तिमा जानुपर्छ भनेको भए पनि अलग हुन्थ्यो। विचारको एकताको कारण नै यो एकता सम्भव भएको हो।’ 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.