राजपा मोरङमा नेतृत्व लिन विवाद

राजपा मोरङमा नेतृत्व लिन विवाद

विराटनगर : राष्ट्रिय जनता पार्टी नेपाल मोरङको नेतृत्व गर्ने विषयमा विवाद सुरु भएको छ। मधेसी मोर्चा आवद्ध ६ पार्टी मिलेर बनेको राजपाको मोरङमा चक्रिय प्रणालीमा आलोपालोमा नेतृत्व गर्न विषयमा विवाद उत्पन्न भएको हो।

मोरङको अध्यक्ष मण्डलका सदस्यहरूले केन्द्रीय समितिले अपनाएको नीतिअनुसार आपसी तालमेल नमिल्दा विवाद चुलिएको हो। राजपाले विधानमै चक्रिय प्रणालीअनुसार नेतृत्व गर्ने व्यवस्था गरेको छ। तर, जगरनाथ मण्डल संयोजक भएको दुई महिनाभन्दा बढी बितिसक्दा पनि अध्यक्ष मण्डलका सदस्यको बैठक समेत बस्न सकेको छैन। गत साउन ८ गते नै राजवंशीले संयोजकको नेतृत्व पाएका हुन्। उनलेको असोज ८ गते नै संयोजक पदावधि समाप्त भएको छ। 

तर, पटक पटक बैठकको आह्वान गरे पनि सदस्यहरू बैठकमा सहभागिता नजनाएकाले संयोजक परिवर्तन हुन नसकेको हो। राजवंशीले भने ४ पटक बैठकको आह्वान गरे पनि सदस्यहरू नआएकाले पद हस्तानन्तरण हुन नसकेको बताए।

अबको पालो अध्यक्ष मण्डलको संयोजकमा तत्कालीन गणतान्त्रिक फोरमका जिल्ला अध्यक्ष मालबाबु सहनीको छ। सहनीले पनि एक पटक विराटनगरस्थित रत्ना होटलमा बैठक राख्न खोज्दा पनि कोही नआएको गुनासो गरे। अध्यक्ष मण्डलका ६ सदस्यमध्ये हिरालाल मण्डललाई कारबाहीको लागि केन्द्रमा सिफारिस गरेकाले बैठकमा ५ जना अध्यक्षको उपस्थिति अनिवार्य हुन्छ।
 
पहिलो संयोजकको जिम्मेवारी पाएका मो. कादिर कुनै पनि बैठकमा नआउने बताइएको छ। यसअघि पनि राजपा गठन भएपछि पहिलो संयोजकको जिम्मेवारी पाएका तत्कालीन तमलोपाका अध्यक्ष मो। कादिरले चक्रिय प्रणालीअनुसार पद हस्तान्तरण नगरे पछि विवाद उत्पन भएको थियो।   

त्यतिखेर मोरङ जिल्लामा दुई वटा कार्यसमिति चयन भएको थियो। सद्भावनाका राधे कामतले समान्तर समिति गठन गरेर आफू नै आधिकारिक अध्यक्ष भएको घोषणा गरे लगत्तै मो. कादिर पनि  आफू नै अधिकारिक भएको भन्दै आएका थिए। 

  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.