‘पद्मरत्न नै प्रचण्ड हुन् भन्ने भ्रम थियो’

‘पद्मरत्न नै प्रचण्ड हुन् भन्ने भ्रम थियो’

काठमाडौं : पूर्वमन्त्री तथा वामपन्थी नेता पद्मरत्न तुलाधरको निधन भएको एकवर्ष भएको छ। लोकतन्त्रवादी, मानवअधिकारका अभियन्ता तथा आदिवासी जनजातिका अगुवा तुलाधरको गतवर्ष ७८ वर्षको उमेरमा निधन भएको हो। उनको वार्षिक पुण्यतिथिको अवसरमा शुक्रबार ‘पद्मरत्न तुलाधर लुमन्ति’ कार्यक्रम आयोजना गरि तुलाधरलाई स्मरण गरिएको हो।

मानवअधिकार, भाषिक र आदिवासी जनजातिअधिकार क्षेत्रमा उनको योगदान महत्वपूर्ण छ। नेपाल सम्वतलाई राष्ट्रिय सम्वतको मान्यता दिलाउन तुलाधरले महत्वपूर्ण योगदान पुर्‍याएका थिए। सरकारले यस सम्वतलाई राष्ट्रिय सम्वतको मान्यता दिए पनि व्यवहारिक रुपमा कार्यान्वयनमा नभएको नेवाः अगुवाको भनाइ छ। नेपाल सम्वतलाई राष्ट्रिय सम्वतको मान्यता दिन उनैको नेतृत्वमा भिन्तुना आन्दोलन सुरु भएको थियो। यो अहिले पनि जारी छ। कार्यक्रममा नेपाल भाषा मंकाः खलका सचिव नरेशबीर शाक्यले तुलाधरले सुरु गरेको आन्दोलन जारी रहेको बताए।

कार्यक्रममा पद्मरत्न लुमन्ति गुथिका अध्यक्ष डा. केशवमान शाक्यले पद्मरत्नको महुआयामिक व्यत्तित्वबारे चर्चा गरे। तुलाधरले नेपालको भाषा आन्दोलनदेखि लोकतान्त्रिक आन्दोलन र शान्ति प्रक्रियामा महत्वपूर्ण योगदान दिएका थिए। तुलाधरले तत्कालीन विद्रोही माओवादीलाई मुलधारमा ल्याउन भूमिका खेलेका थिए। शसस्त्र द्वन्द्वका बेला कांगे्रस, कम्यूनिष्ट र नेपाल सरकारबीच सम्पर्क सुधार्न र संवादको वातावरण बनाउन तुलाधरले भूमिका खेलेका थिए।

‘द्वन्द्वकालमा मेरो टाउकोको मुल्य तोकिएको थियो। कुनै समय पद्मरत्न नै प्रचण्ड हुन् भन्ने भ्रम फैलिएकाले उहाँमाथि हमला हुने सोचेर म चिन्तित हुन्थें।’

कार्यक्रममा पद्मरत्नको योगदानको कदर गर्दै नेकपा अध्यक्षद्वय प्रधानमन्त्री केपी ओली र पुष्पकलम दाहालले बोलेको भिडियो प्रदर्शन गरिएको थियो। अध्यक्ष दाहालले कुनै समय पद्मरत्न नै प्रचण्ड हुन् भन्ने भ्रम फैलिएको स्मरण गरेका थिए। ‘द्वन्द्वकालमा मेरो टाउकोको मुल्य तोकिएको थियो’, दाहालले भने, ‘पद्मरत्नलाई प्रचण्ड सम्झनेले उहाँमाथि हमला हुने सोचेर मलाई चिन्तित बनाउँथ्यो।’

पञ्चायतकालमा जनपक्षीय उम्मेदवार भई राष्ट्रियसभा सदस्य निर्वाचित भएका तुलाधरले काठमाडौंबाट पञ्चायत पक्षका उमेदवारलाई अत्याधिक मतले पराजित गरी राष्ट्रिय पञ्चायतसभामै बहुदल मागेका थिए। बहुदलीय व्यवस्थापछि २०४८ सालको संसदीय निर्वाचनमा काठमाडौ क्षेत्र नम्बर ४ बाट स्वतन्त्र वामपन्थी उमेदवार भई प्रतिनिधिसभा सदस्यमा विजयी भए। तुलाधरको योगदानको कदर गर्दै उनको स्मृतिमा काठमाडौं महानगरको समन्वयमा शालिक बनाउने तयारी भएको सचिव शाक्यले जानकारी दिए। ‘राष्ट्रिय व्यक्तित्व तुलाधरको सालिक बनाउने तयारी भइरहेको छ’, शाक्यले भने।

२०५१ सालको मध्यावधि निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट प्रतिनिधिसभा सदस्य बने। मनमाहेन अधिकारी नेतृत्वको पहिलो कम्युनिष्ट सरकारमा उनी स्वास्थमन्त्री थिए। नेता तुलाधर स्वतन्त्र उम्मेदवार हुँदा प्रयोग गरेको सूर्य चिन्हलाई तत्कालीन एमालेले चुनाव चिन्ह बनाएको थियो। जीवनको उतरार्धमा उनी मानवअधिकार क्षेत्रमा बढी क्रियासिल थिए।

तुलाधरले लेखक, पत्रकार, राजनीतिज्ञ, मानव अधिकारकर्मी तथा नागरिक समाजका नेताको परिचय बनाएका थिए। नेपाललाई संघीय समाजवादी गणतान्त्रिक राज्य बनाउन लामो समय क्रियासिल रहेका तुलाधरले एकल जातीय शासनमा आधारित ‘एक भाषा एक भेष’ नीतिविरुद्ध आवाज उठाए। राज्यका भाषिक असमानता र दमनविरुद्ध तुलाधरले गरेको लोकतान्त्रिक गतिविधिका कारणमा उनी पञ्चायत कालमा पटक–पटक हिरासतमा परे। बहुजाति र बहुभाषिक जातजातिको बसोवास रहेको नेपालमा राजनीतिक एवं सांस्कृतिक समानताका लागि आवाज उठाउँदा उनले जेल जीवन पनि यापन गर्नु परेको थियो।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.