‘नेपाली वस्तुमा भारतीय लोगो’

‘नेपाली वस्तुमा भारतीय लोगो’

इलाम : नेपालका उत्पादन नेपालकै लोगोमा खरिद गर्न संयुक्त अरब इमिरेट्स (यूएई) इच्छुक देखिएको छ । यूएईका राजदूत साइद हमदान मोहम्मल अल नक्वीले नेपालका उत्पादन सिधा यूएई पठाउने मार्गबारे सोच्न नेपाललाई सुझाव दिएका छन् ।

नेपालका वस्तु भारतको लोगोमा आफ्नो देशमा प्रयोग भइरहेको उनले सुनाएका छन् । ब्रान्डिङ, लेबलिङ र प्याकेजिङ गरी नेपाल आफंैले निर्यात गर्न सक्ने उनको भनाइ छ ।

‘नेपाल आफैंले पठाउन सक्छ । यसका लागि नेपालले सोच्नुपर्छ । यूएई सहयोग गर्न तयार छ’, इलाम घुम्न आएका उनले सूर्योदयमा आयोजित कार्यक्रममा भने । यूएईले चीन, भारत र पाकिस्तानलगायत देशबाट खाद्य पदार्थ सोझै आयात गर्दै आएको उनले उल्लेख गरे । यसमा नेपाल छुट्न नहुने उनको भनाइ थियो । नेपालको विकासमा सहकार्य गरिरहेको यूएईले थप लगानीको अवसर खोजी गरिरहेको उनले बताए ।

उनीसँगै आएका साउदी अरेबियाका राजदूत मुसैदविन सुलेइमन आई मारवानले भूकम्पपछिको पुनर्निर्माणमा सहयोग गरेको उल्लेख गरे । नेपालको शिक्षा, स्वास्थ्यलगायत क्षेत्रमा थप सहयोग गर्ने विषयमा छलफल भइरहेको उनको भनाइ थियो ।

नेकपा वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले यूएई र साउदी अरबयामा इलामका उत्पादन चिया, अदुवा र अलैंची व्यापारको ढोका खोल्न भ्रमण फलदायी हुने बताए । ‘चिया, अलैंची र अदुवाका लागि अरब ठूलो बजार हो’, उनले भने, ‘हामी त्यही बजारको सम्भावना खोज्न उहाँ (राजदूत)हरूसँग इलाम आएका छौं ।’

दुई राजदूत र खनालसहितको टोली माईपोखरी रामसार क्षेत्र हुँदै पर्यटकीय गन्तव्य सन्दकपुरसम्म पुग्ने खनालका स्वकीय सचिव कृष्ण भट्टराईले बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.